मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कक्षा १२ को परीक्षा रोकिँदा विदेश जाने विद्यार्थी थला परे : सांसद विमला राई

बुधबार, २७ साउन २०७८, १३ : ३४
बुधबार, २७ साउन २०७८

राष्ट्रियसभा सदस्य विमला राई पौडेलले कक्षा १२ को परीक्षा स्थगित हुँदा लाखौं विद्यार्थीको भविष्य चौपट भएको बताएकी छिन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै राईले अघिल्लो वर्ष नै हुनुपर्ने परीक्षा अहिले फेरि स्थगित हुँदा लाखौं विद्यार्थीको भविष्य चौपट भएको उल्लेख गरिन् ।

उनले भनिन्– ‘कतिपय बाहिर जाने योजना बनाएका विद्यार्थी पनि थला परेका छन् । हुन त कोरोनाका कारण भौतिक उपस्थितिमा परीक्षा लिन नसकिने भन्ने कुरा त छ तर स्वास्थ्यका विज्ञहरु र शिक्षाका विज्ञहरु एकै ठाउँ बसेर १२ कक्षाका विद्यार्थीको परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ कसरी मूल्याङ्कन गर्न सकिन्छ ? 

यो विषयमा सरकारले प्रष्ट होमवर्क गरेर विद्यार्थीको भविष्य अन्योलमा पार्नुहुँदैन ।’ उनले बैकल्पिक माध्यमबाट भएपनि सरकारले परीक्षा सुचारु गर्नुपर्नेमा जोड दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप