शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता पक्षको अनुपस्थितिमै बस्यो लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस

बुधबार, २७ साउन २०७८, १३ : ३०
बुधबार, २७ साउन २०७८

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ ।  मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको हो ।

बैठकमा सत्ता पक्षका सांसद उपस्थित छैनन् ।  बैठकमा अविश्वास प्रस्ताव पेस गर्दै प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडियाले सदनमा सत्ता पक्ष अनुपस्थित नहुनु अनौठो भएको बताए ।

आफूहरुले पटक-पटक मुख्यमन्त्रीलाई ‘तपाई अल्पमतमा हुनुहुन्छ, विश्वासको मत लिएर देखाउनुस्’ भनेर आग्रह गरेको तर अटेर गर्दै वैशाख यता संविधान र कानुनको ठाडो उल्लंघन गरेर सरकारको नेतृत्व गर्दै आएको उनले बताए । 

मुख्यमन्त्री पोखरेलले केहीबेरअघि राजीनामा दिएको भए पनि प्रदेशसभामा पत्र नआइसकेका कारण प्रदेशसभाको पूर्वनिर्धारित बैठक सुरु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप