केपी ओली बालुवाटारबाट बालकोट पुगेको कुराबाट सबैले पाठ सिकौं : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिको शासनको उपहास गर्दा बालुवाटारबाट केपी ओली बालकोट पुगेको कुराबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् । जनताले दिएको म्यान्डेटको अपमान गरेर म नै विधि म नै कानुन मैले जे गरेपनि हुन्छ भन्ने सोचले ओलीको बहिर्गमन भएको भन्दै संविधान र कानुनभन्दा माथि केही पनि नहुने कुरा सिंहले बताए । ओलीमा बढेको अहमताले मुलुकको राष्ट्रिय राजनीति फरक किसिमले अघि बडेको भन्दै ओलीमा भनाई र गराई फरक रहेको उनले बताए ।
आफ्नो शासनकालमा के कति भ्रष्टाचारको समाचार आए भन्ने कुरा ख्याल गर्न समेत आग्रह गर्दै म नै सबैथोक मैले बोलेसी मैले भनेसी किन नहुने भनेकै कारण झन्डै दुई तिहाईको सरकार बालुवाटारबाट बालकोट पुगेको उनको भनाई छ । स
समयको माग र जनचाहना अनुरुप विधि प्रक्रियाबाट नचल्दाको परिणाम ओली सरकारको बहिर्गमन रहेकाले सबै राजनीतिक दल गम्भीर बनेर आगामी दिनमा अघि बढ्नुपर्ने सिंहले बताए । आज भक्तपुरको मध्यपुर नगरपालिका ३ को नवनिर्मित वडा कार्यलय भवनको उद्घाटन गर्दै नेता सिंहले जनप्रतिनिधि जनता र मुलुकप्रति उत्तरदायी हुनुपर्ने बताए ।
जनप्रतिनिधिले गर्ने व्यवहारलाई नागरिकले उच्च महत्त्व का साथ हेरिरहेका हुनाले जनप्रतिनिधि गतिविधिले जनताको राजनीतिकर्मी माथिको धारणा बन्ने भन्दै अहिले नागरिकहरूमा राजनीतिप्रति छाएको निराशा चिर्ने गरि काम गरेर देखाउनुपर्ने बेला भएको सिंहको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसको कारण रोकियो कर्णाली रङ्गशालाको एक प्रतिशत काम ?
-
नदी तथा खोलाले कटान गरेका क्षेत्रको संरक्षणमा बागमती प्रदेश
-
कर युद्ध : चीनले अमेरिकी सामानमा १२५% कर लगाएपछि ट्रम्पले के भने ?
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने