भारतीय एसएसबीले तुइन खुस्काएपछि जयसिंह धामी महाकालीमा बेपत्ता भएको ठहर (प्रतिवेदनसहित)

जनअधिकार अभियान नेपालले दार्चुलाका जयसिंह धामी भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन फुकालिदिएको कारणले महाकाली नदीमा खसी बेपत्ता भएको ठहर गरेको छ । अभियानमा घटनास्थलमा पुगेर गरेको अध्ययन तथा प्राप्त तथ्यहरूको आधारमा यस्तो निष्कर्ष निकालेको हो ।
अभियानले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला प्रकरण भारतीय सुरक्षाफौजको दादागिरी भएको उल्लेख गर्दै महाकाली घटना गम्भीर, अक्ष्यम्य र मानवता विरोधी अपराध भएको बताएको छ । एकराज भण्डारी अध्यक्ष रहेको अभियानले जयसिंह धामीको अवस्था तत्काल पत्ता लगाएर परिवारलाई जिम्मा लगाउन तथा कुुटनीतिक पहल गरी दोषीलाई कानुनको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
यस्तै घटनापछि स्थानीय जनतामा डर, त्रास उत्पन्न भएको भन्दै त्यस्ता असरलाई व्यवस्थापन गर्नका लागि तत्काल पहल गर्न तथा स्थानीय जनताको सुरक्षा तथा आवतजावतका लागि आवश्यक पुल तथा मोटर बाटोलगायतको पूर्वाधारहरु निर्माण गर्न पनि सरकारसँग माग गरिएको छ ।
यस्तै नेपालको सरकारको तर्फबाट आधिकारिक र औपचारिक प्रतिवेदन तत्काल तयार पार्न अभियानले आग्रह गरेको छ । अभियानले साउन १५ गते भएको सो घटनाका सन्दर्भमा साउन २० देखि २४ गतेसम्म स्थलगत भ्रमण गरेर सरोकारवालासँग प्रत्यक्ष भेटघाट, छलफल तथा अध्ययन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर
-
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा शपथ ग्रहण