शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको तेस्रो लहर : अमेरिका र बेलायतका बालबालिकामा बढ्यो संक्रमण

बुधबार, २७ साउन २०७८, ११ : १२
बुधबार, २७ साउन २०७८

नेपालमा कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् । तेस्रो लहरमा बालबालिकाहरु धेरै प्रभावित हुने अनुमान लगाइएको छ । अमेरिका र बेलायतमा भने यस्तो अनुमान साँचो निस्किएको छ ।  अमेरिका र बेलायतका बालबालिकाहरूमा पहिलो र दोस्रो लहरको दाँजोमा अहिले बालबालिकाहरूमा कोरोना संक्रमण बढेको छ । अमेरिकाको अलाबामा, अरकन्सास, लुसियाना र फ्लोरिडामा १८ वर्षभन्दा कम उमेरका बच्चाहरूमा संक्रमण बढेको हो । 

अरकन्सासस्थित बाल अस्पतालमा संक्रमणका कारण भर्ती हुने बालबालिकाको संख्या झन्डै ५० प्रतिशतले बढेको छ । यस अस्पतालमा ७ नवजात शिशुहरू आईसीयुमा छन् भने दुई शिशुहरू भेन्टिलेटरमा पुगेका छन् ।  लुसियानामा जुलाईको अन्तिम साता सर्वाधिक ४ हजार २ सय ३२ बच्चाहरूमा संक्रमण देखिएको छ । यहाँ १५ देखि २१ जुलाईको अवधिमा पाँच वर्षभन्दा कम उमेरका ६६ बालबालिकामा संक्रमण देखिएको छ ।

त्यस्तै, फ्लोरिडाको स्वास्थ विभागका अनुसार १२ वर्षभन्दा कम उमेरका १० हजार ७ सय ८५ जना संक्रमित भएका छन् । १२ देखि १९ वर्ष उमेरका ११ हजार ४८ बालबालिकामा संक्रमण देखिएको छ । बेलायतमा हरेक दिन औसत ४० बच्चाहरु अस्पतालमा भर्ती भइरहेका छन् । 

बच्चालाई कम भएन खतरा 
अमेरिकामा २०२० मा बच्चाको मृत्युको प्रमुख कारण कोरोना थियो । युनिभर्सिटी अफ ब्रिस्टलका बालरोग विशेषज्ञ प्रोफेसर एडम फिन्नका अनुसार बच्चामा कोरोना संक्रमणको खतरा कम भएको छैन । ‘मेरो साथी भन्छन् कि उनले अस्पतालमा संक्रमित बच्चालाई देखिरहेका छन् । तर संख्या निकै कम छ । यो लहर पहिलेका दुई लहरको तुलनामा केही अलग छ भन्ने स्पष्ट हुन्छ ।’

इम्पेरियल कलेज अफ लण्डनका पिडियाट्रिक संक्रामक रोग विशेषज्ञ डाक्टर एलिजावेथ व्हिटकरले पनि अमेरिका र बेलायतमा १२ वर्षभन्दा कम उमेरका बच्चाहरु संक्रमित हुने दर बढेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप