शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

रातारात निर्माण गरिएको कालोपत्रे सडक उप्कियो

बुधबार, २७ साउन २०७८, ११ : ०२
बुधबार, २७ साउन २०७८

महोत्तरीको एक स्थानीय तहमा रातारात गरिएको विकास निर्माणको काम कमसल भएको पाइएको छ । गौशाला नगरपालिकामा विकास निर्माणको नाममा रातारात वर्षाको समयमा निर्माण गरिएको कालोपत्रे सडक उप्किएको हो ।

सडक डिभिजन कार्यालय जनकपुरधामको ८० लाख रुपैयाँको लागतमा तिरुपति बालाजी कन्स्ट्रक्सनले टेण्डर मार्फत गौशाला नगरपालिका स्थित निगौल चोकदेखि मरहा पुलसम्म कालोपत्रे गर्न ठेक्का पाएको थियो । निर्माण कम्पनीले बर्षा भइरहेको बेला हतार हतारमा कालोपत्रे गरेपछि उप्किन पुगेको हो। 

सडकको पिच निर्माण कमसल भएपछि गौशालाका स्थानीयवासीले विरोध गरेका छन् । स्थानीयवासीले विरोध गरेपछि सडक निर्माणको बाँकी काम पनि रोकिएको छ । ११ सय मिटर लम्बाइ र ६ मिटर चौडाइ रहेको सो सडकमा निर्माण कम्पनीले हिलाम्य बाटोमै कालोपत्रे गरेको हो । 

रातको समयमा ठेक्कदारले कमसल र गुणस्तरहीन सडक निर्माण गरेको गौशाला निगौल बस्ने बद्री ठाकुरले बताए ।

नयाँ सडक निर्माण गर्ने क्रममा डाइभर्सन गर्नुपर्ने, बेसको वरिपरि कम्तीमा २ फिटसम्म ग्राभेल हालेर मात्र सडक कालोपत्रे गर्नुपर्ने सडक निर्माणको मापदण्डमा उल्लेख छ । तर, निर्माण कम्पनीले सो मापदण्ड पुरा गरेको पाइएको छैन ।  कालोपत्रे सडकको मोटाई ५ ईन्च हुनुपर्नेमा २ देखि ३ इन्चसम्म मात्रै रहेको स्थानीयवासी लक्ष्मण महतोले बताए । गुणस्तरहीन निर्माण भएको सडकलाई पुनर्निर्माण गराइने सडक डिभिजन कार्यालय जनकपुरका इन्जिनियर ध्रुव नारायण पाण्डेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप