विधिविपरीत थपिएका सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न : शेखर कोइराला
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले विधि विपरीत थपिएका क्रियाशील सदस्यता खारेज नगरे महाधिवेशनमा जान नकिने बताएका छन् । बुधबार बिहान सामाजिक सञ्चालमार्फत उनले तल्लो तहबाट विधान र प्रक्रियागत ढङ्गले आएका र छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएका क्रियाशील सदस्य मात्र स्वीकार हुने बताए ।
‘तल्लो तहबाट विधान र प्रक्रियागत ढङ्गले आएका, छानबिन समितिले मापदण्ड बनाइ निर्णय गरिएका बाहेक केन्द्रबाट विधि विपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रक्रिया नपु–याइ वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न।’
क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, जिल्ला गरी चार तहबाट प्रक्रिया पुर्याएर आएमात्र सूचीकृत गर्ने काँग्रेसले मापदण्ड बनाएको छ । तर केही ठाउँमा उक्त चार तहगत प्रक्रिया नपु–याइ केन्द्रमा सूची पठाइएको पाइन्छ ।
त्यसको हकमा शीर्ष नेताहरूले राजनीतिक निर्णय लिने गरी सहमति खोज्ने प्रयास भइरहेको छ । त्यसरी सहमति गरिए महाधिवेशनमा जान सकिन्न शेखरको भनाइ आएको छ ।
बारा, सप्तरी र धनुषा ४ नम्बर क्षेत्र र सर्लाही २ नम्बर क्षेत्रमा पनि नयाँ सदस्यता विवाद कायम छ । यस्तै विजय गच्छदार, सुनिल थापा समूहका लगायत अन्य पार्टीबाट प्रवेश गरेका केही नेता कार्यकर्ताको हकमा पनि क्रियाशील सदस्यता विवाद छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी विदेशमन्त्री दक्षिण कोरियोको भ्रमणमा रहेको बेला उत्तरद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
-
बेनेलीद्वारा २X अफर सार्वजनिक
-
पदबाट राजीनामा दिने तयारीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो
-
सन्दिग्ध माओवादीको आक्रमणमा छत्तीसगढमा ९ सुरक्षाकर्मीको मृत्यु
-
नेपाल कबड्डी लिग खेल्न विदेशी खेलाडी र प्रशिक्षक काठमाडौँ ओर्लँदै
-
२५ किलोमिटरभन्दा बढीको रुटमा बढ्यो सार्वजनिक सवारीको भाडादर, कुन रुटको कति ?