बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लिफ्टमा खेल्न आएको भन्दै होटल व्यवसायीद्वारा बालकलाई निर्घात कुटपिट, ३ जना पक्राउ

बुधबार, २७ साउन २०७८, १० : १९
बुधबार, २७ साउन २०७८


होटलको लिफ्टमा खेल्न गएका बालकलाई निर्घात कुटपिट गरेको आरोपमा व्यवसायी अमरनाथ गुप्तासहित  ३ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ स्थित अमरनाथ गुप्ताको होटेल गायत्री कुञ्ज अतिथि सदनमा रहेको लिफ्टमा खेल्न गएका १३ वर्षीय बालकलाई उनले निर्घात कुटपिट गरेको जानकारी पाए लगत्तै धनुषा प्रहरीले व्यवसायी गुप्तासहित ३ जनालाई पक्राउ गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने १३ वर्षीय बालक  लिफ्टमा खोल्न गएका बेला होटेल सञ्चालक अमरनाथ गुप्ताका २ कर्मचारीले लिफ्ट बन्द गरी मरणासन्न हुने गरी कुटपिट गरेको स्थानीयवासीको आरोप छ ।

बालकलाई लिफ्टमा बन्द गरी कुटपिट गरेको अवस्थामा स्थानीयले देखेपछि ती बालकलाई जोगाउँदै तत्कालै स्थानीय जानकी प्रहरी चौकीलाई जानकारी गराएका थिए । होटलका सञ्चालक अमरनाथ गुप्ताकै निर्देशनमा कुटपिट गरिएको बालकका बुवा सञ्जय ठाकुरलाई समेत ती कर्मचारीहरूले कुटपिट गरेका थिए ।

कुटपिट गर्ने गायत्री कुञ्ज अतिथि सदनका सञ्चालक अमरनाथ गुप्ता, होटेलका कर्मचारी रहेका महोत्तरीको मनरा सिस्वा नगरपालिका बस्ने ३३ वर्षीय रामपुकार ठाकुर र ३८ वर्षीय  सुभाष कुमार साहलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । कुटपिटबाट घाइते भएको बालकको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप