सुनसरी प्रहरीले एक महिनामा पक्रियो २ सय ३८ फरार प्रतिवादी
सुनसरी प्रहरीले एक महिनाको अवधिमा २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । महिना दिनको अवधिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ५५ जना महिला र १ सय ८३ जना पुरुष रहेका छन् । विभिन्न मुद्दामा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक जस्ता घटनामा संलग्न व्यक्तिहरु छन् । त्यसैगरी कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग र भ्रष्टाचार जस्ता मुद्दामा सजाय पाई फरार प्रतिवादी समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।
उनले भने “एक महिनाको अवधिमा २ सय ३८ जना फरार प्रतिवादीहरु पक्राउ गरेका छौँ । जसमा ५५ जना महिला छन् भने १ सय ८३ जना पुरुष प्रतिवादी छन् । उनीहरु विभिन्न मुद्दामा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीहरु हुन् । कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग र भ्रष्टाचार जस्ता मुद्दामा संलग्नहरूलाई पक्राउ गरिएको हो ।”
प्रहरीले पक्राउ परेकाहरूबाट ९ लाख ३५ हजार ३ सय १९ रुपैंया जरिवाना असुल भएको जनाएको छ । प्रहरीले पक्राउ परेका सबैलाई अदालत बुझाएको जनाएको छ । सुनसरी प्रहरीका अनुसार जिल्लामा चार हजार २ सय जना फरार प्रतिवादी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या