महामारीमा फस्टाएको रेमिट्यान्स सेवा, डिजिटल प्रविधिले शहरदेखि गाउँसम्म राहत
नेपालको अर्थतन्त्रको लगभग ३० प्रतिशत हिस्सा रेमिट्यान्स (विप्रेषण)ले धानिरहेको छ । कोरोना भाइरसको महामारीले अर्थतन्त्रलाई थला पार्दासमेत रेमिट्यान्समा उल्लेख्य वृद्धि भएको पाइन्छ । नेपालमा रेमिट्यान्सको क्षेत्रमा योगदान दिने थुप्रै संस्थामध्ये महामारीको मुखैबाट सञ्चालनमा आएको संस्था हो ‘इसेवा मनि ट्रान्सफर’ ।
पेमेन्ट गेट वे कम्पनी एफवान सफ्टको भगिनी संस्था इसेवा मनी ट्रान्सफर डिजिटल भुक्तानीमा काम गरिरहेको कम्पनी हो । डिजिटल कारोबारलाई हातहातमा पुर्याउने क्रममा इसेवा मनि ट्रान्सफरको सेवा सञ्चालनमा आएको हो । विशेष गरेर रेमिट्यान्सको कारोबार परम्परागत शैलीमा हुँदै आइरहेको अवस्थामा अन्य सेवालाई जस्तै यसलाई पनि डिजिटल प्लेटफर्ममा, अझ मोबाइल वालेटबाटै रेमिट्यान्स कारोबार गराउन इसेवा मनि ट्रान्सफर सुरु भएको हो । इसेवा मनि ट्रान्सफरले डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको बैंक खातामा रेमिट्यान्स रकम भित्र्याउँदै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफरले आफ्नो सेवा सञ्चालनमा ल्याएको छोटो अवधिमा लोकप्रियता कमाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेश कोइरालाले नेपालको अर्थतन्त्रको एउटा बलियो हिस्साको रुपमा रहेको रेमिट्यान्सलाई इसेवाले भित्र्याएको नयाँ प्रविधिले यसलाई सहज बनाएको बताए । साथै विदेशमा हरेक समय व्यस्त रहने नेपालीहरुका लागि डिजिटल रेमिट्यान्स सेवाले समयको बचत त गराएको छ नै, साथै सुरक्षित कारोबार भएकाले यो नेपालीहरु माझ थप लोकप्रिय बनेको उनको भनाइ छ । दुई वर्षको छोटो अवधिमा २ सयभन्दा बढी देशबाट सेवा दिइरहेको इसेवा मनि ट्रान्सफरले २० वटा ठूला मनि ट्रान्सफरसँग सहकार्य गरिसकेको कोइरालाले बताए ।
इसेवा मनी ट्रान्सफर अर्थात् डिजिटल रेमिट्यान्स
एफवान सफ्टले २००९ मा इसेवाको सेवा सुरु गरेसँगै रेमिट्यान्सको पनि गृहकार्य गर्दै आएको थियो । १४ वटा कम्पनीमध्येको एक इसेवा मनि ट्रान्सफर सन् २०१९ मा सुरु भयो । कोरोना भाइरसको महामारीले विश्व परिक्रमा गरिरहेको अवस्थामा सुरुवात भएको इसेवा मनि ट्रान्सफर आजको दिनसम्म महामारीको बाबजुद आफूलाई एक अब्बल मनि ट्रान्सफरको रुपमा स्थापित गर्न सफल भइसकेको छ ।
इसेवा मनि ट्रान्सफरले आफूलाई दुई वर्षको अवधिमै नेपालमा सञ्चालित ५२ वटा रेमिट्यान्स कम्पनी मध्येमा सातौं नम्बरमा उभ्याउन सफल भएको छ । बैंकिङका साथै रेमिट्यान्समा लामो अनुभव सँगालेका कोइरालाले रेमिट्यान्सलाई डिजिटल्ली अगाडि बढाउने कार्यको नेतृत्व लिए । विश्वमा डिजिटल मार्केटले स्थान ओगटिरहेको बेला नेपालमा पनि डिजिटल मार्केटको सम्भावनालाई आत्मसात् गर्दै रेमिट्यान्समा पनि डिजिटल प्रविधि भित्रिएको हो ।
इसेवा मनि ट्रान्सफरमार्फत परम्परागत रेमिट्यान्स सिस्टमलाई डिजिटल प्रविधिमा ढाल्न र सस्तो दरमा सुरक्षित तवरले रेमिट्यान्स पठाउन सम्भव भएको छ । सर्वसाधारण नेपालीमा पहुँच विस्तार गर्न र घण्टौँ लाइन बसेर आफन्तलाई पैसा पठाउनुपर्ने बाध्यताको अन्त्यका लागि इसेवा मनि ट्रान्सफरको भूमिका महत्वपूर्ण छ । सस्तो मूल्यमा रकम पठाउन सकिने, त्यो पनि आफ्नै मोबाइलबाट । रकम गलत ठाउँमा वा गलत व्यक्तिको हातमा पुग्ने जोखिम पनि नहुने साथै तत्कालै आफूले पठाएको रकमको सम्पूर्ण विवरण आफू र पाउने व्यक्तिले पनि प्राप्त गर्ने भएकाले डिजिटल विधि समयको बचत, सुरक्षित, सरल र भरपर्दो मानिएको छ ।
यसकारण अन्यभन्दा फरक छ इसेवा मनि ट्रान्सफर
इसेवा मनि ट्रान्सफरमा हुने जति पनि रेमिट्यान्स कारोबार छ त्यो डिजिटल सिस्टमबाट आउँछ । यो बैंक र मोबाइल वालेट दुवैमा पठाउन सकिन्छ । रेमिट्यान्स पठाउँदा बैंकमा वा मोबाइलमा सिधै लोड गर्दा सहज हुने भएकाले यो ग्राहकको रोजाइमा परेको छ । फास्टेस्ट रेमिट्यान्सको रुपमा विकास भएको इसेवा मनि ट्रान्सफरले प्रयोगकर्तालाई झन्झटिलो अवस्थाबाट बाहिर ल्याएको छ ।
चलनचल्तीका रेमिट्यान्स कम्पनीहरुबाट रकम पठाउँदा बैंक काउन्टरमा गएर रकम कलेक्सन गर्नुपर्ने भए पनि इसेवा मनि ट्रान्सफरबाट रकम पठाउँदा बैंक खातामा आएको छ भने पनि मोबाइलमा तत्काल खबर हुने र मोबाइल वालेटमा जम्मा भएको छ भने पनि तत्काल थाहा हुने भएकाले आपतकालीन अवस्थामा त यो सेवा निकै नै लाभदायक भएको कम्पनीको ठहर छ ।
अन्य रेमिट्यान्स कम्पनीभन्दा पृथक रुपमा आएको इसेवा मनि ट्रान्सफरको मुख्य उद्देश्य भनेको नै ‘कष्ट अफ रेमिट्यान्स’ घटाउने र रेमिट्यान्स सेवालाई सहजीकरण गर्ने हो । पैसा पठाउनेले कुनै बैंक वा मनि ट्रान्सफरबाट पनि पठाउन सकोस् र आफ्नै मोबाइल वालेटबाट पनि तत्काल पठाउन सकोस् भन्ने नै नै यसको उद्देश्य हो । इसेवा वालेटबाट तत्काल रकम पठाउने र लिने कार्यले कुनै पनि आपतकालीन अवस्थामा तत्काल काम गर्न सक्छ । यसका साथै पैसा पठाउनेले लिने व्यक्तिको सम्पूर्ण विवरण एपमै हेर्न सक्नछन्, जसले गर्दा रकम अन्तै गयो कि वा पठाएको व्यक्तिसम्म पुगेन कि भन्ने चिन्ता हुँदैन ।
ग्राहकलाई मल्टिपल विकल्पमा सेवा लिने अवसर प्रदान गर्नुका साथै कम खर्चमा पैसा पठाउन सेवा दिने काम इसेवाले गरेको छ । कोइराला भन्छन्, ‘अन्यभन्दा हामी यसकारण फरक छौं कि, पैसा पठाउने स्थानसम्म पुग्दा लाग्ने यातायात खर्च मानौं १० डलर लाग्छ भने डिजिटल माध्यमबाट पठाउँदा त्यो बच्ने भयो । त्यस्तै कतारमा १५÷२० रियाल तिरेर पैसा पठाउने स्थानसम्म पुग्नुपर्ने बाध्यतालाई यसले सहजीकरण गरेको छ ।’ एक त पैसाको बचत, अर्कोतिर समय र जोखिमको पन डर नभएकाले यो सेवाले आम सेवाग्राहीलाई फाइदै फाइदा दिएको उनको दाबी छ ।
महामारीले नछोएको रेमिट्यान्स व्यवसाय
विश्वको अर्थतन्त्रमा कोरोना महामारीले गम्भीर असर पारेको छ तर रेमिट्यान्स व्यवसायमा भने महामारीले पनि अवसरहरू सिर्जना गरिदिएको छ । रेमिट्यान्स व्यवसाय महामारीसँगै प्रविधिमैत्री बन्न पुग्यो, जसबाट सेवाग्राही लाभान्वित बन्न पुगे ।
अप्ठ्यारो अवस्थामा अर्थात् आपतविपत पर्दा काम लाग्ने भनेको आफ्नो परिवार नै हो । त्यसैले विदेशमा रहेका आफन्तले नेपालमा महामारीले समस्यामा परेका आफन्तहरुका लागि सहयोग गरिरहँदा रेमिट्यान्स बढेको देखिन्छ । अर्को भनेको पहिला जसरी हुण्डी लगायतका माध्यमबाट पैसा आउँथ्यो, त्यो अहिले आधिकारिक बाटोबाट आउन थालेको छ । यस्तै, नेपाल आउजाउ गर्नेले जिन्सी सामान बोकेर आउने चलन थियो भने अहिले पैसा पठाउने र यतै सामानको खरिद गर्ने क्रम बढेको छ । यिनै कारण रेमिट्यान्समा १० प्रतिशत बढिको वृद्धि देखिएको छ ।
कोरोना महामारीको कारण डिजिटल कारोबारमा ग्राहकहरु केन्द्रित हुँदा इसेवा रेमिट्यान्सको प्रयोग ह्वात्तै बढ्न पुगेको देखिन्छ । मानिसहरु पैसा पठाउन काउन्टरसम्म धाउनुभन्दा मोबाइलबाटै सिधै ह्यान्ड टु ह्यान्ड पैसा पठाउन सकिने हुँदा त्यसको प्रयोग बढेको हो ।
महामारीको मुखैबाट सञ्चालनमा आएको यो कम्पनीले स्थापनाको दुईवर्ष मै आफूलाई अब्बल साबित गरिसकेको छ । रेमिट्यान्सकै कारण आज ग्रामिण भेगका जनताको शिक्षा, स्वास्थ्यलगायतमा पहुँच बढेको छ भने उनीहरु प्रत्यक्ष टेक्नोलोजीसँग साक्षात्कार हुने मौका पाएका छन् । हाल इसेवा मनि ट्रान्सफरको ग्रोथ ३२ देखि ४० प्रतिशतको हाराहारीमा भइरहेको छ ।
डिजिटल्ली कसरी पठाउने पैसा ?
सेवाग्राहीले सवैभन्दा पहिला मोबाइलमा आफु बसेको देशको वालेट अथवा रेमिट्यान्स् कम्पनीको मोबाइल एप डाउनलोड गर्नु पर्दछ । अथवा वेब पोर्टलबाट पनि ‘लग इन’ गरि रेमिट्यान्स् पठाउन सकिन्छ । रेमिट्यान्स् पठाउँदा सेन्ड अप्सनमा गइ देशको नाम नेपाल छानेर उल्लेखित विवरण भरेर रेमिट्यान्स पठाउन सकिन्छ, जुन पैसा सिधै सम्बन्धित व्यक्तिको वालेट अथवा खातामा आउँछ । अर्को भनेको इसेवासँग सहकार्य भएको कुनै पनि कम्पनीको एप ‘लग इन’ गर्दा इसेवा मनि ट्रान्सफरमा क्लिक गरेर पैसा पठाउन सकिन्छ । पठाउनेले बैंक वा वालेट के अप्सन छानेको छ, त्यसको आधारमा पैसा डिपोजिट हुन्छ । बैंक छानेको छ भने तत्कालै बैंक खातामा पैसा क्रेडिट भइहाल्छ । यदि नगद अप्सन छानेको छ भने इसेवाको मोवाइल एपबाट इसेवा खातामा पैसा लोड गर्न पनि सकिन्छ भने इसेवा सर्भिस सेन्टरबाट नगद नै लिन्छु भने पनि लिन सक्छ ।
यो बाहेक मनि ट्रान्सफर कम्पनीको काउन्टरबाट पनि पैसा पठाउन सकिन्छ । यसको लागि भने भौतिक रुपमै सर्भिस काउन्टर पुगेर पठाउनुपर्ने हुन्छ । पठाएको पैसाका लागि सर्भिस सेन्टरले दिएको पिन नम्बरको आधारमा पाउने व्यक्तिलाई सम्पर्क गरी पैसा लिन सकिन्छ ।
सुरक्षित छ डिजिटल रेमिट्यान्स
आफ्नै हातमा भएकाले डिजिटल रेमिट्यान्स अन्य भन्दा सुरक्षाका दृष्टिकोणले सशक्त छ । इसेवा मनि ट्रान्सफरका सीईओ कोइरालाका अनुसार कम्पनीले हरेक ग्राहकको ‘केवाईसी’लाई फलो गर्ने गरेको हुन्छ । हरेक कारोबारको ट्रयाकिङ भएको हुन्छ र यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय नियमअनुसार छ वा छैन भन्नेबारे पनि हेरिन्छ । ग्राहकको गोपनीयता र कारोबारको सुरक्षाका लागि इसेवा मनि ट्रान्सफरले विशेष प्रविधिको प्रयोगलाई आत्मसात् गरेको छ ।
ग्रामिण भेगका ग्राहकले इसेवामार्फत रेमिट्यान्स कारोबार गरिरहेका छन् । गाउँघरमा नगद बोकेर हिँड्न झनै जोखिम भएकाले इसेवामार्फत कारोबार गर्ने गरेका छन् । कम्पनीका तर्फबाट डिजिटल प्रविधिबाट कसरी रेमिट्यान्स कारोबार गर्ने भन्नेबारे चेतना जगाउने र ग्राहकलाई सुरक्षित कारोबार गर्न प्रेरित गर्ने कार्य भइरहेको कोइरालाले बताए । ग्राहकलाई डिजिटल र फिजिकल दुवै माध्यमबाट कारोबार गर्न सहज बनाउन परिस्थिति र स्थानअनुसारको सेवामा इसेवा मनि ट्रान्सफर अग्रसर रहेको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय संस्थाहरुमार्फत जनचेतनामूलक कार्यहरु सञ्चालन गर्दै आएको इसेवा मनि ट्रान्सफरले ग्रामिण भेगमा रेमिट्यान्सको सेवालाई सहज पार्दै लगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झारखण्डको विधानसभा निर्वाचनमा भाजपा र जेएमएमको प्रतिस्पर्धा, काङ्ग्रेस पछिपछि
-
नवलपुरमा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु
-
आइपीटीपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा
-
तेक्वान्दो प्रशिक्षक अधिकारीलाई आउटस्टयान्डिङ सम्मान
-
धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा ५ हजार
-
कमजोर कम्पनीको महँगो सेयर मूल्य !