शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

अवरुद्ध महाकाली राजमार्ग खुल्यो

मङ्गलबार, २६ साउन २०७८, १९ : ५१
मङ्गलबार, २६ साउन २०७८

लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग सञ्चालनमा आएको छ । 

राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत बन्द भएको थियो । पहिरोलाई दुईवटा जेसिबीको सहयाताले पन्छाएपछि दिउँसोदेखि राजमार्ग खुलेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलेसँगै राजमार्ग पूर्णरुपमा सञ्चालमा आएको र रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । 

सडक विस्तारको काम चलिरहेको उक्त सडकखण्डमा बेलाबेला पहिरो खस्ने गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप