आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीमा थप १२८ जनामा कोरोना पुष्टि

मङ्गलबार, २६ साउन २०७८, १८ : ५६
मङ्गलबार, २६ साउन २०७८

कर्णाली प्रदेशमा मंगलबार एकैदिन १२८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ। 
१२७ जनामा आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणका क्रममा ५६ र ३२६ जनामा गरिएको एन्टिजेन विधिबाटको कोरोना परीक्षणका क्रममा ७२ जनामा संक्रमण पुष्टि भएको हो ।  

जसमध्ये सबैभन्दा धेरै सुर्खेतमा ५१ जनामा संक्रमण देखिएको छ । यस्तै रुकुमपश्चिममा १८, जुम्लामा १६,  कालिकोटमा २१, सल्यानमा ९, मुगुमा ४, दैलेखमा ७, जाजरकोटमा ३ र हुम्लामा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ । 

यस्तै प्रदेशमा मंगलबार ६१ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् भने संक्रिय संक्रमितको संख्या ९२६ मा उक्लिएको छ।

प्रदेशमा कोरोना भाइरसको संक्रमणका ज्यान गुमाउनेको संख्या ३५६ जना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप