बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

चितुवाको छालासहित पाल्पाबाट २ जना पक्राउ

मङ्गलबार, २६ साउन २०७८, १८ : २३
मङ्गलबार, २६ साउन २०७८

पाल्पा प्रहरी चितुवाको छाला सहित २ जनालाई आज पक्राउ गरेको छ ।

प्रदेश प्रहरी अनुसन्धान ब्यूरो र हार्थोक प्रहरीको समन्वयमा चितुवाको छाला सहित पाल्पा रिव्दीकोटका २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रिब्दीकोट ५ देउराली कुशुमखोलामा चितुवाको छाला कारोवार सम्बन्धि विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता रामेश्वर त्वातीले  बताए ।

मुझुङ्गबाट तानसेनतर्फ आउँदै गरेको लु ३७ प ४४४ नम्बरको मोटरसाइकलमा  सवारी उनीहरु रिब्दीकोट ७ का ४२ वर्षका विष्णु बहादुर खत्री र सोही स्थानका जमिल मियाँ रहेको प्रहरीले जनाएको छ ।  घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप