कास्कीमा मादक पदार्थ सेवन गरेर श्रीमतीको हत्या
मङ्गलबार, २६ साउन २०७८, १८ : १९
कास्कीमा मादक पदार्थ सेवन गरेर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मंगलबार बिहान माछापुच्छ्रे गाउँपालिका वडा नं –२, बाझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीले ५५ वर्षीया श्रीमती श्रीमाया कामीलाई सिलौटाको लोहोराले हिर्काउँदा मृत्यु हो ।
श्रीमानले लोहोरो प्रहार गर्दा टाउकोमा गम्भिर चोट लागेर घाइते भएकी उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए ।
घटनापछि घटनास्थलमा खटिएको प्रहरीको टोलीले श्रीराम कामीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले उपरीक्षक केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?