आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

दक्षिण चीनमा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु

मङ्गलबार, २६ साउन २०७८, १७ : ३४
मङ्गलबार, २६ साउन २०७८

दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गामा ६१ जना सवार रहेका थिए । समुद्रमा माछा मारेर फर्कने क्रममा उक्त डुङ्गा दुर्घटनाग्रस्त भएको थियो ।

घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । ज्यान जोगाउन समुद्रमा हाम फालेका अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको थियो । डुङ्गामै सवार डुङ्गाका मालिकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।

उक्त दुर्घटनाका बारेमा स्थानीय प्रशासनले छानबिन शुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप