उपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाइँदै
उपत्यकामा ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ । उपत्यकामा २०७४ वैशाख १ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसपछि हर्नको प्रयोगमा कमी आउनुको साथै सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भएको थियो । यद्यपि कोभिड–१९ का कारण पछिल्ला दिनमा क्रमशः हर्नको प्रयोगमा वृद्धि हुँदै गएकाले प्रहरीले पुन अभियान सुरु गरेको हो । महाशाखाले उक्त स्टीकर चालकले देख्ने गरी अगाडिको सिसामा टाँस गरिएको छ ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले उक्त अभियानलाई प्रभावकारी बनाउन आजैबाट उपत्यकाको ३८ ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टीकर टाँस गरी अभियान सुरु गरेको जानकारी दिए । उनले केही समययता अनावश्यक हर्नको प्रयोगमा क्रमश वृद्धि भइरहेको महसुस गरी थप कडाइ गर्न थालिएको बताए । उनले अति आवश्यक नपरी हर्नको प्रयोग नगर्न पनि अनुरोध गर्नुभएको छ । यसरी प्रयोग गरेको पाइएमा कारबाहीको दायरामा ल्याइने जनाइएको छ । अनावश्यकरूपमा हर्न बजाउँदा ध्वनि प्रदूषण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी