शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेप्सेमा रेकर्ड ब्रेक : सेयर बजार हालसम्मकै उच्च बिन्दुमा

मङ्गलबार, २६ साउन २०७८, १६ : ०८
मङ्गलबार, २६ साउन २०७८

सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि अधिकतम ३१ सय २३ विन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले मंगलबार आफ्नै पुरानो रेकसर्ड ब्रेक गर्दै अधिकतम ३१ सय ६१ विन्दुमा पुगेको हो । 

नेपाल स्टक एक्सचेन्सका अनुसार यसदिन नेप्से परिसूचक अधिकतम ५१.८६ अंकले वृद्धि भएको छ । 
त्यसो त यसदिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२ अंकले बढेर ५८७.९५ विन्दुमा पुगेको नेप्सेले जनाएको छ । 

मंगलबार ठूलो उछाल आएको बजारमा व्यापार, होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै जसो उपसमूहहरुले धनात्मक हुँदा अधिकतम झण्डै १८ अर्बको कारोबार भएको छ । 

नेप्सेका अनुसार यसदिन कुन २२५ कम्पनीका ३ करोड ३५ लाख कित्ता माथिको सेयर १ लाख ६३ हजार बढी पटक किनबेच हुँदा कुल १७ अर्ब ८४ करोड ६१ लाखको कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप