शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मुलुकको सार्वजनिक ऋण वार्षिक बजेट भन्दा पनि उच्च

मङ्गलबार, २६ साउन २०७८, १५ : ४२
मङ्गलबार, २६ साउन २०७८

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको सार्वजनिक ऋण बढ्दै गएर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो रूप लिन पुगेको तर सो अनुसार उपलब्धि नदेखिएको यर्थाथ तथ्याङ्क प्रस्तुत गरेका छन् । मंगलबार प्रतिनिधि सभा मार्फत मुलुकको वर्तमान आर्थिक अवस्थाको जानकारी श्वेतपत्र जारी गर्दै यस्तो बताएका हुन् । 

श्वेतपत्र मार्फत अर्थमन्त्री शर्माले गएको ३ वर्षमा करिब २५० अर्बले नै सार्वजनिक ऋण बढेर कुल ग्राहस्थ उत्पादनको झन्डै ४०.५ प्रतिशतको हाराहारीमा पुगेको बताए ।  यस्तो ऋणमा हालसम्म आन्तरिक तर्फ ८ खर्ब रहेको र वैदेशिक ऋण ९ खर्ब २८ अर्ब रहेको बताएका छन् ।

अघिल्लो सरकारको पालामा शाेधनान्तर घाटा थप १ खर्ब ४३ अर्ब

अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारको पालामा थप १ खर्ब ४३ अर्ब रुपैयाँ शाेधनान्तर घाटा बढेको तथ्याङ्क प्रस्तुत गरेका छन् । झण्डै दुईतिहाई बहुमतसहित सत्तारोहण गरेको अघिल्लो केपी ओली सरकारले मुलुकको आर्थिक अवस्था नाजुक रहेको जनाउँदै मुलुकको ४८ अर्ब घाटा रहेको देखाए पनि सो गत आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा २ खर्ब १६ अर्ब माथिको घाटा देखिएको बताए । हालसम्मको सञ्चिति कोषबाट समेत पूर्ति गर्दा समेत अझै १ खर्ब ४३ अर्ब अपुग देखिने अर्थमन्त्री शर्माले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप