भारतीय कलाकार नेपालमा
साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’मा भिलेनको भूमिका निर्वाह गरेमन अभिनेता कनिज कोइराला नेपाल आएका छन् । छायाँकनरत फिल्म ‘आँधी तुफान–२’ अभिनयका लागि उनी केही दिन अगाडि नेपाल आएका हुन् । फिल्ममा उनी भिलेनको रुपमा देखिन लागेका हुन् ।
‘आँधी तुफान–२’को छायांकनका लागि कनिज भारतको मद्रासबाट केही दिन अगाडि मात्र नेपाल आएको निर्देशक मदन घिमिरेले बताए । कनिजले अहिले फिल्मको धमाधम छायाँकन गरिरहेका छन् । छायाँकन पूर्व उनको स्वास्थ्य परीक्षण समेत गरिएको निर्देशक घिमिरेले जानकारी दिए । फिल्म अहिले उपत्यकाको बिभिन्न स्थानमा छायाँकन भइरहेको छ ।
पछिल्लो समय बलिउडमा रहेर अभिनय करियर अगाडि बढाइरहका कनिज नेपाली मुलका हुन् । उनले बलिउड, साउथ र मद्रासलगायतका फिल्ममा अभिनय गरिसकेका छन् । नेपाली मोडलिङ क्षेत्रबाट बलिउड छिरेका कनिजको ‘आँधी तुफान–२’ पहिलो नेपाली फिल्म हो ।
फिल्मका लेखक समेत रहेका मौनता श्रेष्ठको निर्माण तथा लेखन रहने ‘आँधी तुफान–२’ २०६३ सालमा बनेको हिट फिल्म ‘आँधी तुफान’को सिक्वेलको रुपमा बन्न लागेको हो ।
महिला कलाकारको एक्सन रहेको बताइएको फिल्ममा कनिजका अलवा आरती आचार्य, याङ्सु श्रेष्ठ, रवि गिरी, ध्रुर्व कोईराल,संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ ।
चक्रबहादुर मगर निर्माता रहेको थ्रीलर र सस्पेन्स बिषयमा बन्न लागेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी