देउवा सरकारको श्वेतपत्र : ओली सरकारको स्वेच्छाचारी गतिविधिका कारण अर्थतन्त्र झनै धराशायी
सरकारले अबको केही बेरमा ल्याउन लागेको देशको वर्तमान आर्थिक अवस्थाको यथार्थ जानकारी समेटिएको श्वेतपत्रले ओली सरकारको स्वेच्छाचारी गतिविधिका कारण अर्थतन्त्र झनै धराशायी भएको देखाएको छ ।
केपी ओली नेतृत्वको सरकारका पालामा देशको आर्थिक अवस्था झन् नकारात्मक रहेको श्वेतपत्रमा उल्लेख भएको स्रोतले बताएको छ । केपी ओली सरकारकै गठबन्धनमा अटाएको माओवादी अहिले काँग्रेस नेतृत्वको सरकारमा पनि छ । अर्थतन्त्रको चाबी अहिले उसैको हातमा छ । व्यापार घाटाको चापले शोधानान्तर १५ अर्बले ऋणात्मक भएको र सार्वजनिक संस्थानमा गरेको लगानीको प्रतिफल राम्रो नदेखिएको लगायतका विषय श्वेतपत्रमा उल्लेख गरिएको छ ।
केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्ववर्ती सरकारका सबै कामलाई अपजस दिँदै श्वेतपत्र सार्वजनिक गरेका थिए । डा. खतिवडाले ल्याएको श्वेतपत्र को सर्वत्र आलोचना समेत भयो । तर अहिले अर्थमन्त्री बनेका जनार्दन शर्माले पत्रकारसँगको पहिलो भेटमै आफूले नराम्रा कामको भन्दा पनि यथार्थ चित्रण गरेर श्वेतपत्र जारी गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’
-
बैंकर्सलाई गभर्नरको सहानुभूतिपूर्ण सन्देश, ‘हिजो ध्यान दिएको भए आजको अवस्था आउँदैनथ्यो’
-
धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने
-
नेपालीले एकदिनमा कति खान्छन् राँगा र भैँसीको मासु ?