सरकारी कामकाजका लागि निःशुल्क परामर्श केन्द्रको स्थापना
स्थानीय तहले जनताको काममा सहजीकरण नगरेपछि त्यहाँका स्थानीय नेताले ‘निःशुल्क परामर्श तथा सहयोग केन्द्र’ खोलेर जनताको सेवा गर्न सुरु गरेका छन् । जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) निकट राष्ट्रिय विद्यार्थी सङ्घका अध्यक्ष मनिष मिश्रले सर्लाही जिल्लाको रामनगर गाउँपालिकामा ‘निःशुल्क परामर्श तथा सहयोग केन्द्र’ गरेका हुन् । सो गाउँपालिकाभित्र रहेका जनतालाई आइपर्ने हरेक समस्याको समाधानका लागि लागि सहजीकरण गर्नका लागि यो केन्द्र स्थापना गरिएको अध्यक्ष मिश्रले बताए ।
‘हुन त यो काम गाउँपालिकाको हो, तर गाउँपालिकाले सहजीकरण गर्ने काम नगरेपछि मैले यो काम सुरु गरेको हुँ,’ उनले भने, ‘गाउँघरका जनतालाई एउटा नागरिकता बनाउन, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, मतदाता परिचयपत्र लिनका लागि कति झन्झट हुन्छ । त्यो थाह पाएर त्यहाँका जनतालाई सहजीकरणको लागि यो परामर्श सेवा खोलेको हुँ ।’
‘नागरिकता लिनुपर्ने हुन्छ तर फारम भर्नका लागि नै पहिलो समस्या हुन्छ । गाउँपालिकामा गएर मृत्यु दर्ता प्रमाणपत्र कसरी लिने त्यो पनि थाह हुँदैन । त्यहाँ गएर अलमलमा परेका हुन्छन्, यी सबै कुरालाई मध्यनजर गर्दै जनतालाई सहज होस् भनेर यो परामर्श सेवा खोलेको उनले बताए ।
यो सेवा सबै निःशुल्क हुनेछ । उनले भने, ‘काम गराइ दिने भनी गाउँघरमा बिचौलियाहरू पनि हुन्छन् । सोझा सिधा जनतालाई यो काम गराई दिन्छु भन्दै मोटो रकम कम लिइरहेका हुन्छन् । अब त्यस्तो नहोस् भनेर यस्तो प्रयास गरिएको उनले बताए । यति मात्र होइन, कामका लागि कुनै सरकारी कार्यालय जानु पर्दा सेवाग्राहीलाई लिएर जाने व्यवस्था पनि अध्यक्ष मिश्रले गरेका छन् ।
उनले आफ्नो केन्द्रमा दुईजना कर्मचारी राखेका छन् । त्यसमा एकजना कागजपत्र लेख्ने, परामर्श दिने तथा अर्को एकजना समस्यामा परेका सेवाग्राहीलाई आवश्यक परेको ठाउँमा लगिदिने कामका लागि राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अंकले बढ्यो नेप्से, ६ अर्ब ४० करोड बराबरको कारोबार
-
यस्तो ठाउँ, जहाँ अन्डवेयरले कार धुन गैरकानुनी हुन्छ
-
अर्धशतक बनाउँदै आउट भए कुशल भुर्तेल
-
न्युजिल्यान्डसामु निरीह बन्यो श्रीलंका, एक खेलअगावै शृंखला गुमायो
-
पोखराको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा, तस्बिरहरु
-
जस्टिन ट्रुडोको राजनीतिक जीवनको उकाली–ओराली