आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ओलीको कटाक्ष : लक्षण राम्रो छैन, विकास सम्भव छैन

मङ्गलबार, २६ साउन २०७८, १४ : १९
मङ्गलबार, २६ साउन २०७८

प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारको लक्षण राम्रो नभएको बताएका छन् । मंगलबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वर्तमान सरकारको लक्षण राम्रो नभएको र यो सरकारबाट विकास सम्भव नभएको बताएका हुन् ।

‘सम्भव छैन, लक्षण राम्रो छैन’, ओलीले सरकार परिवर्तन हुने बित्तिकै दलका नेताहरूले आफूलाई होसियार भनेको स्मरण गरे । उनले माओवादी अध्यक्ष प्रचण्डले आगोसँग नखेल भनेर धम्की दिएको बताए । उनले गठबन्धन सरकारले सार्वजनिक गरेको सरकारका नीति तथा कार्यक्रमप्रति लक्षित गर्दै प्रतिपक्षलाई धम्क्याएर कस्तो खालको राष्ट्रिय सहमति ? भन्दै प्रश्न गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप