आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नागरिक उड्ययन प्राधिकरण टुक्र्याउने दुई विधेयक संसदमा

मङ्गलबार, २६ साउन २०७८, १४ : १५
मङ्गलबार, २६ साउन २०७८

प्रतिनिधि सभामा आज नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) टुक्र्याउने दुई वटा विधेयक पेश हुँदैछ । हालको प्राधिकरणलाई छुट्टाछुट्टै दुई वटा संस्था बनाउने गरी तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको तर्फबाट ‘नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक २०७६’ र ‘हवाई सेवा प्राधिकरण विधेयक २०७६’ संसदमा पेश हुन लागेको हो । 

उक्त विधेयक संसदको बहुमत सदस्यबाट पारित भए हालको नागरिक उड्ययन प्राधिकरण दुई संस्थामा रुपान्तरण हुनेछन् । तर, प्राधिकरणका कर्मचारीहरुले भने संस्थालाई नटुक्र्याउन सरकारसँग माग गर्दै चरणवद्ध आन्दोलन गरिरहेका छन् । 

यद्यपि, उक्त विधेयक यसअघि नै राष्ट्रिय सभाबाट पारित भइसेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप