१५ सय एम्पुल लागु औषध सहित नागढुंगाबाट ३ जना पक्राउ
मङ्गलबार, २६ साउन २०७८, १३ : ५६
काठमाडौँको नागढुंगाबाट प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । सोमबार साँझ वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना.६ख ४१३२ नम्बरको बसमा आएका पर्साको पकाहा मैनपुर घर भएका नितेश पटेललाई प्रहरीले पक्राउ गरेको थियो । उनको बयानका आधारमा अरू दुईजना पक्राउ परेका हुन् ।
१९ वर्षीय नितेशको साथबाट प्रहरीले गाडीको सिटमा लुकाएर ल्याएको डाइजेपाम ५ सय एम्पुल, नुफ्रिन ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल बरामद गरेको छ ।
सो लागु औषध कीर्तिपुर बस्ने रवीन्द्र प्रसाद कुर्मी र फैयाज अन्सारीले मगाएका थिए । बारा घर भएका कुर्मी र पर्सा घर भएका अन्सारीलाई कीर्तिपुरको ट्याङ्लाफाँटबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२४ मा भारतमा भित्रियो १ खर्ब २९ अर्ब डलर रेमिट्यान्स
-
विकासमा पनि राजनीतिकरण भयो
-
हचुवामा योजना छान्ने प्रवृत्ति
-
जयपुरमा केमिकल बोकेको ट्याङ्कर विष्फोट, ३० भन्दा बढी गाडीमा आगलागी, चार जनाको मृत्यु
-
आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
-
मुग्लिन–पोखरा सडक : पश्चिम खण्ड विस्तार गर्न दोस्रो पटक म्याद थप