बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीबाट हतियारसहित दुईजना पक्राउ

मङ्गलबार, २६ साउन २०७८, १३ : ४३
मङ्गलबार, २६ साउन २०७८

प्रहरीले कैलालीबाट विभिन्न हतियारसहित दुईजनालाई पक्राउ गरेको छ ।

सोमबार राति अन्दाजी २३ः५५ बजेको समयमा ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले कैलालीकै गौरीगंगा नगरपालिका–९ शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक प्रतीक विष्टका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको बा१७च १३१२ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा १२ बोर एक थान, सो बन्दुकको कार्टिज एक थान र पोईन्ट टु टु एक थान, सोको गोली १० राउण्ड बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिप मोहितकुमार शाह र जिपमा सवार खेमराज चौधरीलाई नियन्त्रणमा लिएको हो । जिपमा अन्य दुईजना पनि सवार रहेको तर प्रारम्भिक अनुसन्धानको क्रममा १२ बोर बन्दुक, बरामद कार्टिज खेमराज चौधरीको र पोईन्ट टु टु र सोको गोली १० राउण्ड मोहितकुमार शाहको भन्ने खुल्न आएको हुँदा निज दुवै जनालाई पक्राउ गरी हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप