बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जगदम्बाले नेपालमा भित्र्यायो टीभीएस ड्युराम्याक्स प्लस ट्याम्पु, मूल्य कति ?

मङ्गलबार, २६ साउन २०७८, १२ : ४२
मङ्गलबार, २६ साउन २०७८

काठमाडौं । नेपालको लागि टीभीएस थ्री ह्विलरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले थ्री ह्विलर मै पहिलो पटक सबैभन्दा दमदार पावर रहेको टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो  डीलर पार्टनरहरु माझ टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको हो ।

सार्वजनिक सवारी साधनको रुपमा संचालन गर्न योग्य यो थ्री ह्विलर सवारी साधन नेपालको लागि अत्यन्त उपयुक्त रहेको कम्पनीको दावी छ । बिक्री पश्चात नेपालमै सम्पूर्ण पार्ट पूर्जाहरु पाइने यो टीभीएस ड्युराम्याक्सको हालको बजार मूल्य ५ लाख ८९ हजार ९ सय कायम गरिएको कम्पनीले जनाएको छ ।

टीभीएस ड्युराम्याक्स प्लस थ्री ह्विलरको इन्जिन ४ स्ट्रोक र लिक्वीड कूल्ड प्रविधिको छ । सर्वाधिक शक्तिशाली २२५ सीसीको दमदार इन्जिन जडित यो थ्री ह्विलर इलेक्ट्रिक तथा हातको मद्दत दुवै प्रकारले स्टार्ट गर्न सकिन्छ । 

४७५० आरपीएममा ७.५ कि.वा.को अत्याधिक शक्ति प्रदान गर्ने र २२७५ आरपीएममा १८ एनएमको सबैभन्दा धेरै टर्क दिने क्षमता भएको हुँदा चलाउनलाई सजिलो हुनाको साथै सवार यात्रुहरुले समेत आरामदायक अनुभव गर्न सक्नेछन् ।

टीभीएस ड्युराम्याक्समा ९ वटा प्लस फिचर्स रहेको हुनाले ग्राहकको नं १ रोजाइमा पर्ने कम्पनीको दाबी छ र आगामी वर्ष २०२१–२०२२ सालमा नेपालको मार्केट सेयरको उच्च हिस्सा यसले ओगट्ने कम्पनीको दाबी छ । टीभीएस ड्युराम्याक्स प्लस थ्री ह्विलरकोे प्रति लिटर ३०+२ कीमी माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका डाइरेक्टर दीपककुमार अग्रवालले स्वदेशमै जीवनयापन गर्न चाहने नेपालीहरुका लागि पावरफूल २२५ सीसीको टीभीएस ड्युराम्याक्स प्लस थ्री ह्विलर भित्र्याएको बताए । प्रविधि, सुरक्षा, लागत तथा मर्मत सम्भार हर दृष्टिबाट अत्यन्त अनुकूल यो सवारी साधनका धनीहरुले आफ्नो लगानीको उचित फाइदा पाउन सहज हुने पनि उनको दावी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप