सत्ता नपाउन्जेल चिच्याउने, पाएपछि जनता किच्याउने
प्राचीन रोमबासीले चौथो शताब्दीको अन्त्यसम्ममा युरोपभरि साम्राज्य विस्तार गरेका थिए । त्यस समयको राज्य सरकारले आम जनतालाई पर राखी विलासी र आनन्दमय जीवनतिर आकर्षित भए । रोमनहरूको राज्य विभिन्न कारणले कमजोर हुँदै गयो । उनीहरू सत्ता र धनका आडमा विभिन्न सामाजिक अपराध गर्न थाले । उनीहरू स्त्रीलम्पट भए । आरामदायी, विलासी र मनोरञ्जनपूर्ण जीवनतिर अधिक मात्रामा उन्मुुख हुँदै जान थाले । शासन र सत्ताको मातमा सर्वसाधारण जनतालाई दुःख दिने, सताउने, नैतिक र सामाजिक दृष्टिले तल्तो स्तरको व्यवहार गर्नेजस्ता मानवीय र सामाजिक अपराधहरू हुनथाले । एकपछि अर्को राज्यमा शासकहरूको दुराचारी र कुकृत घटना र व्यवहारको बारेमा देशवासीले मानिसहरू बीचमा पर्दाफास हँुदै गयो ।
रोमनी शासकहरूमा व्यापक विकृति आउन थाल्यो । रोमनी नागरिकहरूमा शासकहरूप्रतिको आस्था र विश्वासमा कमी आउन थाल्यो । शासकहरूको नागरिकप्रतिको व्यवहारले रोमनीहरू ज्यादै निरास र दुःखी भए । शासक एकातिर र नागरिक अर्कोतिर हँुदै गए । रोमन साम्राज्य पूर्णरूपमा कमजोर बन्दै गयो । आन्तरिक कलहमा पुयो । ठीक त्यति नै बेला करिब इ.सं. ४७६ तिर युरोपको जङ्गलमा फिरन्ते जीवन विताउने गवार र जङ्गली स्वभावका तर शारीरिक रूपमा निकै नै तन्दुरुस्त र बलिया ‘टुटनिक’ जातिका मानिसहरूले रोमन साम्राज्यमा हमला गरी आफ्नो कब्जामा लिन सफल भए । जब रोमन साम्राज्यको अन्त्य भयो । जङ्गलमा शिकार खेल्ने, पशुपालन गर्ने, लडाइँ झगडा गर्ने जङ्गली स्वभावका ‘टुटनिक’हरूको युरोपमा अभूतपूर्व र अकल्पनीय उदय भयो । त्यसपछि उनीहरूले विकासका सबै ढोका बन्द गरिदिए र आठौँ शताब्दीसम्म संसारले अन्धकारमय युग भोग्न पर्यो ।
वि.सं. २०७४ को आवधिक निर्वाचनबाट केपी शर्मा ओली प्रधानमन्त्री भए । उनीमाथि धेरै नेपालीले आशा गरेका थिए । तर उनीले राज्य ठीक ढङ्गले चलाउन सकेनन् । परिणामतः सत्ताच्यूत भए ।
नेपालको दुर्भाग्य
शासकहरू पथभ्रष्ट हुँदा जसरी रोमन साम्राज्य गुम्यो अहिले नेपालमा त्यही अवस्था छ । देश क्रमशः कमजोर बन्दै गइरहेको छ । राजनीतिक सङ्कट गहिरिँदै जाँदैछ । शासकहरू कुमार्गमा र कुबाटोमा छन् । तत्कालीन रोमन शासकहरूभन्दा पनि विलासी नेपालका अहिलेका शासकहरू छन् । आर्थिक रूपमा अत्यन्त कमजोर गरिब देशका नेता र शासकको आचरण, व्यवहारले नागरिकहरू दिक्दार भएका छन् । कुनै सरकारप्रति पनि नागरिकको विश्वास र भरोसा छैन । शासक फेरिए पनि शासनशैलीमा रूपान्तरण र परिवर्तन आएन । नेता र शासकहरू सुध्रिएलान् भन्ने जनताको आशा र भरोसा निराशामा परिणत भएको छ । कोही सुध्रिनेवाला छैन । सत्ता नपाउन्जेल जनता जनता भनेर चिच्याउँछन् सत्ता पाएपछि त्यही जनतालाई किच्याउँछन् । जनताको टाउकोमाथि राजनीति गरे । जनतालाई सत्तामा पुग्ने भर्याङ मात्र बनाए ।
वि.सं. २०७४ को आवधिक निर्वाचनबाट केपी शर्मा ओली प्रधानमन्त्री भए । उनीमाथि धेरै नेपालीले आशा गरेका थिए । तर उनीले राज्य ठीक ढङ्गले चलाउन सकेनन् । परिणामतः सत्ताच्यूत भए । त्यसपछि ओलीको रिस गर्नेहरूले मन परे पनि नपरे पनि बाध्यतावश देउवालाई प्रधानमन्त्री बन्न अनुनय विनय गरे र देउवा प्रधानमन्त्री भए । सरकारमा रहेका अन्य पार्टीको झैझगडा, लेनदेन, भागबण्डा, खानपान लगायत कुरा नमिल्दा केपी ओली सरकारलाई अरू सबै मिलेर खाए । एमाले माधव पक्षले आफ्नै पार्टीलाई छुरा हानेर अगाडि बढे र माओवादी जसपाले पनि साथ दिए र शेरबहादुरलाई प्रधानमन्त्री बनाए ।
तर आखिर ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने चर्चित उखान नेपाली राजनीतिमा चरितार्थ भएको छ । असार २९ गते चिट्ठा परेर प्रधानमन्त्री बनेका नेपाली काँग्रेसका डेट एक्स्पायर सभापति शेरबहादुर देउवाले एक महिना पुग्न लाग्दासमेत सरकारलाई पूर्णता दिन सकेनन् । असफलताको यो नै विश्वभरिका लागि महान् उदाहरण बन्न सक्छ ।
‘सासूको रिसले बूढी कुट्ने’ भनेझैँ केपी ओलीको रिसले देउवा प्रधानमन्त्री बने । तर देश जहाँको त्यहीँ छ ।
घर चलाउन नसक्नले देश कसरी चलाउन सक्छ ?
नेपाली काँग्रेस अहिले छटपटीमा छ । पार्टी चलाउने नेतृत्वले पार्टीको मूल सिद्धान्त्र प्रजातन्त्र, समाजबाट र लोकतन्त्रलाई त पोलेर खाए नै पार्टीकोे बैधानिकतासमेत गुमाउने अवस्थामा पुगेको छ । पार्टी अहिले भेन्टिलेटरमा छ । डेट एक्स्पायर भ्रातृ सङ्गठनहरूलाई अक्सिजन दिएर राखिएको छ । इतिहासकै चरम सङ्कटमा पार्टी र उसका भ्रातृ सङ्गठनहरू छन् । सभापति हुनुको नाताले यी सबै सङ्कट र असफलता र काँग्रेसको अधोगतिको दोष शेरबहादुर देउलाले लिनै पर्छ । पार्टी सञ्चालन गर्न पूर्णतः असफल शेरबहादुर देउवा अहिले सरकारको कार्यकारी पदमा पुगेका छन् । घर चलाउन नसक्नेले देश कसरी चलाउन सक्छ भन्ने आम प्रश्न जनमानसमा छ ।
‘सासूको रिसले बूढी कुट्ने’ भनेझैँ केपी ओलीको रिसले देउवा प्रधानमन्त्री बने । तर देश जहाँको त्यहीँ छ । सबै सांसद मन्त्री माग्छन् म तनावमा छु भनेर गठबन्धनका एक नेताले सार्वजनिक रूपमा नै भने । यसबाट के बुझिन्छ भने गठबन्धनका सबै सासदलाई मन्त्री चाहिएको छ । एक महिनासम्म मन्त्रिमण्डल विस्तार गर्न नसक्नु नेपाल र नेपालीका लागि विडम्बना र दुर्भाग्य हो । केपी ओलीलाई धारे हात पार्दै केही गरेन भनेर गाली गर्ने नै अहिले सरकारबादी दलमा छन् ।
शेरबहादुर देउवालाई मन्त्रीमण्डल विस्तार गर्न फलामको चिउरा चपाउनु सरह भएको छ । नेपाली राजनीतिको विडम्बना सबै राजनीतिक दलहरूका नेताहरूको आचरण, दैनिकी र जीवनपद्धति हेर्दा स्पष्ट हुन्छ कि उनीहरूको राजनीतिक प्रतिबद्धता कस्तो छ भनेर । जनताका पीर, मर्का, दुःख, पीडालाई तिलाञ्जली दिएर मोज मस्ती र राज्यको स्रोत साधनको दोहनमा मात्र लाग्नेहरू राज्य आफ्नै बाउको अंश हो, जत्तिकै गर्छन् । अहिलेसम्म त्यसले राज्य लुटयो अब मेरो पालो आयो भन्ने सोच र प्रवृत्तिका कारण राज्यमा राजनीतिक सङ्कट बढ्दै गयो ।
जोगी हुन राजनीति गरिएको हो र ?
नेपाली राजनीतिज्ञहरूको अहिले यो मूल सिद्धान्त र मन्त्र बनेको छ । पटक पटक नेपालका नेताले सार्वजनिक रूपमा यो कुरा व्यक्त गर्दै आए । राजनीतिको मूल्य, मान्यता र आदर्शबाट च्युत भएर खानपान, आरामको राजनीतिको संस्कार बसाए । राजनीति समाजसेवा र मानवसेवा हो भन्ने आदर्शलाई बिर्सिएर राजनीति सके जति लुट्ने र देशलाई मिलेर भुट्ने मूल्य मान्यताहरू स्थापित गर्दै लगियो । माटो दलाल, माफिया, ठेकेदार, लुटेर, गुण्डा, फटाहाहरूको राजनीतिमा दबदबा बढेर गयो । परिणामतः नेपाली रानीतिले गलत बाटो लिँदै गइरहेको छ ।
त्याग, तपस्या र राजनीतिक आदर्श बोक्ने धेरै असल मानिसहरूलाई राजनीतिबाट घोक्र्याएर बाहिर पठाइँदैछ र गुण्डाराज, भजनमण्डलीकरण, हनुमानकरणको संस्कार स्थापित गरिँदै छ । आसेपासे चम्चेलाई पाल्न भ्रष्टाचारमा नेतृत्व लिप्त भएर लागेको छ । राज्यका स्रोत र साधनहरूको दुरूपयोग गरी अर्बौं रकम कुम्ल्याइरहेका छन् । व्यभिचार र दुराचारमार्फत नेतृत्वले राजनीतिलाई व्यापार बनाएका छन् । त्यसैले अहिले राजनीतिक कोर्स सही बाटोमा अगाडि नबढिदिँदा देशको भविष्य नै अन्योलमा परेको छ ।
आशावादी हुनैपर्छ
देश त्यसै बन्दैन । देश बनाउन ठूलो त्याग र बलिदान चाहिन्छ । देश बनाउन राजनीतिक प्रतिबद्धता चाहिन्छ । तर अहिलेको राजनीतिक नेतृत्वमा यो केही पनि नभएकाले अबको करिब चार पुस्तासम्म देश बन्दैन । अहिलेका राजनीतिक दलहरूले पछिल्लो पुस्तालाई राजनीतिक संस्कार नै दिएनन् । आफ्नो आसेपासे र चम्चे बन्ने भन्दा अरू सिकाएनन्, त्यसैले देश बन्दैन । तर पनि कुनै न कुनै दिन त देश बन्नै पर्छ ।
राजनीतिक संस्कार र संस्कृति पुस्तान्तर हुँदा नै कोरोनाको भाइरस जसरी पुस्तान्तरण भएको छ । राजनीति सही बाटोमा नआई देश बनाउने कुरा सम्भव छैन । हिजो सत्रौँ अठारौँ शताब्दीमा अमेरिका लगायत धेरै देशले नेपालले अहिले बेहोरिरहको सङ्क्रमणकालीन अवस्था भोगेका थिए । विश्व इतिहासलाई हेर्दा सङ्क्रमणकालीन अवस्थाबाट विस्तारै देशहरू अगाडि बढेर आजको विकसित अवस्थामा पुगेका हुन् । शिक्षा, चेतना, ज्ञान र विज्ञानको विकाससँगै पुस्तान्तरण हँुदै जाँदा मानिसले आत्माबोध गर्दै जान्छन् र कुनै न कुनै एउटा पुस्ता त्यस्तो आउँछ जसले देश बनाएरै छाड्छ ।
नेपालमा अहिलेको राजनीतिक नेतृत्वबाट केही हुनेवाला छैन । नेपाललाई पनि अझै धेरै वर्ष सत्तामा पुगेर लुट्ने काम गर्छन् । सत्ता चाहिँ वैधानिक लुटपाट गर्ने ठाउँ हो भन्ने मान्यता अहिलेको नेतृत्वमा भएकाले लुट्न छाड्दैनन् । तर केही वर्षपछि पक्कै पनि देशलाई माया गर्ने, अठोट, दृढविश्वास र प्रतिबद्धता बोकेको पुस्ता आउनेछ र देशलाई बनाउनेछ । अन्यथा भौगोलिक रूपमा अप्ठ्यारो ठाउँमा रहेको नेपालले तत्कालीन रोमन साम्राज्य गुमेजस्तो परिणती भोग्नुपर्ने पनि हुन सक्छ । त्यसैले समय छँदै सबैले आत्मबोध गरौँ र आफ्नो स्वार्थ छाडेर देशको स्वार्थमा लागौँ । देश अहिले कठिन मोडमा भए पनि ‘कालो बादलमा पनि चाँदीको घेरा हुन्छ’ भनेझैँ एक दिन देश सम्पन्न बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?
-
पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ