त्यतिबेला डीएनए परीक्षण गरेर भूमि सम्बन्धी आयोग गठन गरियो : राष्ट्रियसभा सदस्य शर्मा

राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले ‘डीएनए’ परीक्षण गरेर भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेका कारण त्यस्तो आयोगले प्रतिफल दिन नसक्ने बताएका छन् ।
राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विशेष समयमा उनले आफूहरु एउटै पार्टी (तत्कालीन नेकपा) मा रहँदा तत्कालीन सरकारले आयोग गठन गरेको उल्लेख गर्दै शर्माले त्यतिबेला पार्टीको एउटा गुटलाई मात्र आयोगमा सामेल गरिएको आरोप लगाए ।
उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाको सरकारले आयोग गठन गर्ने निर्णय गरे पनि उक्त आयोगमा माओवादी केन्द्र पृष्ठभूमिका कसैलाई पनि समावेश नगरिएको आरोप लगाए । उनले प्रश्न गरे, ‘अझ भन्ने हो भने एमाले पृष्ठभूमिकामध्ये पनि माधवकुमार नेपाल पक्षका कोही पनि त्यो आयोगमा राखिएन, किन ?’
यसरी डीएनए परीक्षण गरेर एउटा पार्टीको एउटा गुटका मानिसलाई मात्र समेटेर बनाइएको आयोगलाई वर्तमान सरकारले विघटन गर्ने निर्णय गरेको उनको भनाइ थियो । उनले सबै पक्षलाई समेटेर सर्वस्वीकार्य आयोग बनाउँदै सरकारले देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली बालक पौडेलको नाममा लेखियो सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान
-
युवाका मुद्दा समेट्न नसक्ने नेतृत्वले विकास र समृद्धिको दिशा निर्देश गर्न सक्दैन : मुख्यमन्त्री लामा
-
चार वर्षमा सकिनु पर्ने ‘फास्ट ट्र्याक’को काम आठ वर्षमा बल्ल ४० प्रतिशत
-
विभिन्न माग राखी कर्मचारीले बुझाए समितिमा हस्ताक्षर
-
दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सवइन्जिनियरविरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा
-
अत्यावश्यक सवारी चालक अनुमति पत्र छपाई बन्द