बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साउथ फिल्म ‘थिरिमाली’मा स्वस्तिमा

मङ्गलबार, २६ साउन २०७८, ११ : १५
मङ्गलबार, २६ साउन २०७८

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको अभिनय दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा पनि देख्न सकिने भएको छ । नेपाली फिल्म ‘ग्याङस्टार ब्लूज’का निर्माता सरोज न्यौपानेले दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमा’सँग मिलेर निर्माण गरेको यो फिल्ममा स्वस्तिमाको अलवा माओत्से गुरुङ, उमेश तामाङ लगायत नेपाली कलाकारको अभिनय देख्न सकिन्छ ।

राजिब सेट्टीको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मा लगायतको मुख्य भूमिका छ ।

हालै छायाँकन पूरा गरेको फिल्मको निर्माण युनिटले नेपाली कलाकार माओत्से गुरुङको अभिनय रहेको सुटिङ सेटका केही तस्विरहरु सार्वजनिक गरेको छ । सार्वजनिक तस्बिरमा नेपालको पहाडी भेगका दृश्य देख्न सकिन्छ ।

फिल्ममा माओत्सेको महत्वपूर्ण भूमिका रहेको छ । स्वस्तिमाको भूमिका भने दर्शकका लागि सरप्राइज हुने निर्माता युनिटले जनाएको छ । हिन्दीसहित मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा फिल्म रिलिज हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप