मेसीको घरअगाडि जम्मा भए बार्साका फ्यान
बार्सिलोनाका फ्यानहरु मेस्सीलाई बिदाई गर्नका लागि उनको घर अगाडि जम्मा भएका छन् । क्याटालोनियाको कास्टेल्डिफेल्स जिल्लास्थित पहाडमा मेस्सीको आलिसान घर छ, जहाँ उनी श्रीमती र तीन छोरासँग बस्छन् ।
यसअघि आइतबारमात्रै मेस्सीले बार्सिलोनाको २१ वर्षे करियर टुंगिएको घोषणा गरेका थिए ।
मेस्सीले बार्सामा बस्नका लागि ५० प्रतिशत तलब घटाएर नयाँ सम्झौता गर्न समेत आफु तयार रहेको बताएका थिए । तर, स्पेनिस लिगको आर्थिक नियन्त्रण मापदण्ड र क्लबको ठूलो ऋणका कारणे यो संभव नभएको उनले जनाएका थिए ।
‘मैले निकै स्तब्ध महसुस गरें,’ मेसीको १० नम्बर अंकित जर्सीलगाएका बार्सिलोनाका फ्यान क्रिष्ट्रियन गार्सियाले भने,‘मैले सधैं पछ्याइरहेको खेलाडीलाई देख्न पाउनु मेरा लागि उदाहरण थियो । अहिले उनले क्लब छाडिरहेको हेर्नुपर्दा निकै पीडा भएको छ ।’
‘क्लबले मेस्सीलाई राख्नका लागि पर्याप्त ग¥यो भन्ने मलाई लाग्दैन । मलाई लाग्छ, उनलाई राख्ने विषय क्लबको हातमा थियो,’ बार्सिलोना र अर्जेन्टिनाका फ्यान गोन्जालो मोरेनोले भने । समर्थक जोनस रोमेरोले मेस्सी पिएसजी जानुअघि अन्तिमपटक उनलाई देख्न पाइन्छ कि भनेर घर अगाडि आएको बताए । ‘मेस्सीलाई मेरो जर्सीमा हस्ताक्षर गर्न लगाउने उनीसँग फोटो खिचाउने रहर छ,’ उनले भने ।
मेस्सीले पेरिस सेन्ट जर्माइन जाने संभावना रहेको जनाएका छन् । तर, यसबारे अझै अन्तिम टुंगो लागिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी