बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

जन्मदा झन्डै स्याउ जत्रो थिइन् ‘विश्वकै सानी बालिका’, अस्पतालबाट भइन् डिस्चार्ज

मङ्गलबार, २६ साउन २०७८, ०९ : ४५
मङ्गलबार, २६ साउन २०७८

विश्वकै सानो बच्चाका रुपमा चर्चा पाएकी शिशु १३ महिनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । यु छुआन नामकी यी बालिका जन्मँदा केवल २४ सेन्टिमिटर उचाइकी थिइन् । उनको तौल केवल २ सय १२ ग्राम थियो, जो स्याउ बराबर हुन्छ । उनी २५ साताभन्दा पहिल्यै जन्मिएकी थिइन् । जबकी, औसत रुपमा शिशुको जन्म ४० सातामा हुन्छ । 

यसअघि ‘सानी शिशु’ को रेकर्ड एक अमेरिकी बालिकाको नाममा थियो । उनी २०१८ मा जन्मिएकी थिइन् । जन्मँदा उनको तौल २ सय ४५ ग्राम थियो ।  

१३ महिनाको उपचारपछि अहिले यु छुआन र उनकी आमा दुबै स्वस्थ भएका छन् । अहिले यु छुआनको तौल ६ दशमलव ३ केजी छ । सिंगापुरको राष्ट्रिय विश्वविद्यालय अस्पतालले यी बालिका जन्मिएपछि बाँच्ने संभावना निकै कम मात्रै रहेको जनाएको थियो । ‘जन्मदा देखिएको यस्तो स्वास्थ समस्याका बाबजुद यी शिशुले आफु आसपासका मानिसलाई प्रेरित गरेकी छिन् । उनी राम्रोसँग बढिन्, कोभिड १९ ले मानिसहरु संकटमा फसेको समय उनले आशाको सञ्चार गराइन्,’ अस्पतालले विज्ञप्ति जारी गर्दै भनेको छ । 

अस्पतालमा धेरै उपचार विधि र औषधी तथा उपकरणको प्रयोगमार्फत यु छुआनलाई बचाइएको थियो । चिकित्सकहरुले उनको स्वास्थ सुध्रेको र विकास पनि राम्रोसँग भएको भन्दै डिस्चार्ज गरेका हुन् । यद्यपी, यु छुआनमा अझै फोक्सोको समस्या देखिएको छ, जसकारण उनले घरमा सास फेर्नका लागि सहयोग लिनुपर्छ । आमा वोङ मेई लुङले यति सानो शिशु जन्मँदा पहिले आफु स्तब्ध बनेको बताइन् । 

किनकी, यी आमाका चार वर्षीय छोरा भने जन्मँदा स्वस्थ र सामान्य नै थिए । यु छुआनलाई अस्पताल भर्ना गरेपछि उपचारमा सहयोगका लागि मानिसहरुले रकम संकलन गरेका थिए, यो रकम बाबु–आमाले अस्पतालमा तिरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप