भारतमा एकै दिन १४ हजार ४०२ सक्रिय सङ्क्रमित घटे
भारतमा सोमबार सक्रिय सङ्क्रमितको सङ्ख्यामा ठूलो गिरावट देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा २७ हजार ४२१ कोरोना सङ्क्रमित थपिँदा ४१ हजार ४५७ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, थप ३७६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
यसरी एकै दिन १४ हजार ४०२ जना सक्रिय सङ्क्रमित कम भएका छन् । हाल भारतमा ३.८२ लाख सक्रिय सङ्क्रमित रहेका छन् । यो सङ्ख्या गत २३ मार्च यता सबैभन्दा कम हो । त्यति बेला ३.६५ लाख सक्रिय सङ्क्रमित रहेका थिए ।
सोमबार थपिएका सङ्क्रमितको सङ्ख्या १५ मार्च यताकै कम हो । त्यति बेला २४ हजार ४३७ जना सङ्क्रमित फेला परेका थिए । त्यसपछि भारतमा लगातार सङ्क्रमितको सङ्ख्या बढेको छ । दोस्रो लहरमा दैनिक ३ लाखभन्दा बढी सङ्क्रमित फेला परेका थिए ।
भारतमा हालसम्म ३.१९ करोड सङ्क्रमित भइसकेका छन् भने यसमध्ये ३.११ करोड निको पनि भएका छन् । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म ४.२८ लाखले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमाथि पहिले नै पूर्ण क्षमताका साथ हमला गर्नुपर्थ्यो : पुटिन
-
बैशाखमा १९मा पुग्यो ‘झिल्को’
-
अमेरिकामा जाकिर हुसैनको अन्तिम संस्कार सम्पन्न
-
फ्राईडे रिलिज : देशभर सौगातको ‘बम बहादुर’
-
हस्तान्तरण नै नभएको कृषि थोक बजारमा बागमतीको मन्त्रालय
-
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए