शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमीको घरमा गएर प्रेमिकाले गरिन् आत्महत्या

यसरी टुट्यो डेढ वर्षको प्रेम सम्बन्ध
मङ्गलबार, २६ साउन २०७८, ०६ : २४
मङ्गलबार, २६ साउन २०७८

उदयपुरको त्रियुगा नगरपालिका–३ मा ठाँडी घर भएका विष्णु देव पंजियार र वेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरी ‘महावती’ प्रेम सम्बन्धमा थिए । डेढ वर्षदेखि चलेको उनीहरूबीचको प्रेम सम्बन्ध वियोगान्त बनेको छ । 

साउन २३ मा विष्णुदेवको घरमा गएकी सावित्राले भोलिपल्ट प्रेमीको घरमा आत्महत्या गरिन् । घरको बलोमा सलले पासो लागेर उनले आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले विष्णु देव पंजियारलाई नियन्त्रणमा लिएको छ । 

२४ वर्षका विष्णु देव पंजियारलाई पक्राउ गरेर ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने’ मुद्दामा अनुसन्धान भइरहेको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए । एसपी बोहराले भने–‘डेढ वर्षदेखि उनीहरूको बीचमा चिनजान र सम्बन्ध रहेको थाहा भएको छ ।’

विष्णु देव नेपाल विद्युत् प्राधिकरण बेल्टार शाखा स्थित हडियामा कार्यरत थिए । इलेक्ट्रिसियन पदमा कार्यरत पंजियारसँग ३१ वर्षीया सावित्रासँग त्यहीँ चिनजान भएको थियो । मृतकका बुवा देव नारायण चौधरीले पंजियारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुर गरेका छन् । मृतकको बुवाको उजुरीपछि आइतबार राति विष्णुदेवलाई प्रहरीले पक्राउ गरेको हो । 

तमसुकले रोकेन आत्महत्या 

विष्णु देव र सावित्राले ०७८ साउन १९ मा ‘श्रीमान् श्रीमतीको हैसियतमा बस्ने र लगन आएपछि विवाह गर्ने’ तमसुक गरेका रहेछन् । तर, कानुन व्यवसायी राखेर पाँच दिनअघि गरेको तमसुकले सावित्राको आत्महत्यालाई रोक्न सकेन । 

साउन २२ मा प्रेमीको घरमा जाँदा त्यहाँ अर्की युवती पनि देखेपछि सावित्रा बेचैन भइन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार  विष्णु देव र अर्की युवतीको बिचमा पनि पाँच वर्षदेखि प्रेम सम्बन्ध रहेछ । सो सम्बन्ध थाहा पाएपछि सावित्राले आफूलाई सम्हाल्न सकिनन् र आत्महत्याको बाटो रोजिन । 

मुलुकी अपराध संहिता–२०७४ को दफा १८५  अनुसार आत्महत्या दुरुत्साहनसम्बन्धी कसुर गरेमा कैद र जरिवाना हुने कानुनी व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप