अवकाशपछि कृषि व्यवसायमा लाग्छु : प्रधानसेनापति थापा

प्रधानसेनापति पूर्णचन्द्र थापाले अवकाशपछि कृषि व्यवसायमा लाग्ने बताएका छन् । लमजुङको बेँसीशहर नगरपालिका–२ बगाले गाउँमा निर्माण भएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
थापाले नेपाली सेनालाई समेत कृषि तथा पशुपालनमा दक्ष बनाएर गाउँघरमै परिवारसँग बसेर स्वरोजगार बन्ने बताए ।
उनले नेपाली सेनालाई कृषि तथा पशुपालनमा दक्ष बनाएर गाउँघरमै परिवारसँग बसेर स्वरोजगार बन्ने कृषि विज्ञान संस्थानले सीप सिकाएर पठाउने समेत बताए । प्रधानसेनापति थापाले त्रिभुवन विश्वविद्यालयको मापदण्डअनुसार विएस्सी एजी सञ्चालन गरिने र त्यसमा सैनिकका छोराछोरी तथा सर्वसाधारण नागरिकका छोराछोरीले पनि पढ्ने अवसर पाउने भएकाले आधुनिक नेपाल निर्माण गर्ने जनशक्ति उत्पादन हुने बताए । उनले कृषिमा लमजुङलाई ‘हव’ बनाउन कलेजले महत्वपूर्ण भूमिका निभाउने बताए ।
कार्यक्रममा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा क्षेत्रमा लगानीअनुसार प्रतिफल प्राप्त नभइरहेका बेला नेपाली सेना कृषि विज्ञान संस्थानबाट उत्पादन हुने जनशक्तिले कृषिको व्यावसायीकरण र आधुनिकीकरणमा महत्वपूर्ण योगदान दिने बताए ।
कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीतिमा खाद्य सुरक्षा उल्लेख भएकाले कृषि तथा पशुपालनमा दक्ष जनशक्ति उत्पादन भई त्यसबाट प्राप्त हुने सीपले नेपाली सेना अवकाशपछि विदेशमा गएर दुःख गर्नुपर्ने अवस्था नआउने बताए ।
अहिलेसम्म नेपाली सेनाका सक्कल दर्जा र हितधिकारी गरी १२० ले प्रि–डिप्लोमा, प्लान्ट साइन्स र एनिमल साइन्सको तालीम लिइरहेका छन् भने आगामी शैक्षिक शत्रदेखि विएस्सी एजीको अध्ययन हुने सहायक प्रिन्सिपल विनोद घिमिरेले जानकारी दिए । बेँसीशहर नगरपालिकका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, श्रीजङ्ग गणका गणपति जयराम थापा, प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीलगायत उपस्थिति थियो ।
उक्त कोषबाट भ्याट बाहेक रु १३ करोड लगानीमा उक्त संस्थानको संरचना निर्माण भएको छ । करिब ४०० रोपनी क्षेत्रफल रहेको नेपाली सेना कृषि विज्ञान संस्थानको जग्गामध्ये २० प्रतिशतमा भौतिक पूर्वाधार, ५० प्रतिशतमा कृषि र ३० प्रतिशत क्षेत्रफलमा पशुपालन हुने भएको छ । नेपाली सेना कृषि विज्ञान संस्थानमा हाल यहाँ बङ्गुर, गाइ, कुखुरा, बाख्रापालन गरिएको छ भने कागती, कफी, चियापती, तरकारी खेतीलगायत कार्यक्रम अघि बढाइएको छ । नेपाली सेनाले यसरी तालिम केन्द्र हुँदै विएस्सी एजीसम्मको अध्ययन हुने नेपाली सेना कृषि विज्ञान संस्थान सञ्चालन गरेको नेपालकै पहिलो हो ।
विसं २०७५ वैशाखदेखि भौतिक पूर्वाधार निर्माण शुरु भएको थियो । प्रशासनिक भवन, १४ जना अट्ने शिक्षक क्वाटर, ल्याब, लाइबेरी, छात्राका लागि होस्टेललगायत संरचना निर्माण सम्पन्न भएको छ । निर्माणको जिम्मा बुद्ध कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा