आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुकुम पूर्वमा एक साता थपियो निषेधाज्ञा

सोमबार, २५ साउन २०७८, २१ : ५५
सोमबार, २५ साउन २०७८

रुकुम (पूर्व) मा निषेधाज्ञाको समयअवधि एक साता थप गरिएको छ ।  डीसीएमसीको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञाको अवधि थप गरेको हो । यसअघि थप गरिएको निषेधाज्ञाको समय सोमबार राती १२ बजेबाट सकिँदैछ । जिल्लामा कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रण नभएकाले साउन १५ गते थप गरिएको निषेधाज्ञालाई एक साता लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।

सोमबार राती १२ बजेदेखि लागू हुनेगरी यहि साउन ३२ गते राती १२ बजेसम्मलाई लागू हुनेगरी निषेधाज्ञा थप भएको छ । पछिल्लो समय निषेधाज्ञालाई निरन्तरता दिइए पनि पहिलेको भन्दा केही खुकुलो भएको छ । बजारहरु र सार्वजनिक स्थलहरुमा सर्वसाधारणको भिडभाड बढ्दै गएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना कम गर्दा कोरोना संक्रमितको संख्यामा समेत बृद्धि भएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप