बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

जबर्जस्ती करणी गरेको आरोपमा पोखराबाट एक युवक पक्राउ

सोमबार, २५ साउन २०७८, २१ : ४३
सोमबार, २५ साउन २०७८

युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पोखराबाट प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । स्याङजा घर भइ पोखरा बस्दै आएका युवाले २६ वर्षीया युवतीलाई डर, त्रास र धाक धम्की देखाएर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

स्याङजा अर्जुन चौपारी घर भइ हाल पोखरा –१७ बिरौटा बस्दै आएका ३६ वर्षीय ख्यामबहादुर घर्तीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । युवतीलाई पोखरा लेकसाइड खहरेमा रहेको एक होटलमा लगी जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका घर्तीलाई जिल्ला अदालत कास्कीबाट जबर्जस्ती करणी सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी हमालले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप