बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एसिड प्रहार गर्ने श्रीमान् दोषी ठहर, एसिड व्यवसायीलाई सफाई

सोमबार, २५ साउन २०७८, २१ : ३०
सोमबार, २५ साउन २०७८

श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान्लाई अदालतले दोषी ठहर गरेको छ । धनुषा जिल्ला अदालतले आरती साहमाथि एसिड खन्याउने उनकै २६ वर्षीय पति संजीव साहलाई दोषी ठहर गरेको हो ।

सोमबार धनुषा जिल्ला अदालतको फाँट नम्बर ३ मा कृष्णमुरारी शिवाकोटीको एकल इजलासले संजीव​लाई दोषी ठहर गरेको छ भने एसिड व्यवसायी नागेन्द्र साहलाई सफाई दिएको छ । संजीवले नागेन्द्रकै पसलबाट एसिड खरिद गरी आरतीमाथि उक्त एसिड खन्याएका थिए ।

धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगा कुमार मिश्रका अनुसार न्यायाधीश शिवाकोटीले संजीवको कसुर ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश दिएका छन् । गत कात्र्तिक १९ मा दीपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जानकी नगर टोलमा रहेको ससुरालीमा गएर उनले पत्नी आरती साह र छोरी रिया साहमाथि एसिड प्रहार गरेका थिए ।

घटनापछि सरकारी वकिलको कार्यालयले धनुषा अदालतमा संजीव र एसिड बेच्ने नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए । दुवै जनाविरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ कसुरको सजायका लागि माग दावी गरेको थियो ।

एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तन लगायतका अंग कुरुप बनेको छ भने एसिड आक्रमणबाट छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको छ । सूचना अधिकारी मिश्रले भने, ‘अब सरकारी वकिल तथा कानून व्यवसायीबाट प्रतिवेदन आइसकेपछि सजायको लागि अदालतमा पेसी हुने छ र सोही अनुसारको सजायको फैसला हुने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप