मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेको विश्लेषण–देउवा सरकार खस्रो पात, बनाउने भन्दा भत्काउनतिर लाग्यो

सोमबार, २५ साउन २०७८, १८ : ४६
सोमबार, २५ साउन २०७८

नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकार जन्मेदेखि नै खस्रो पात देखिन सुरु गरेको विश्लेषण गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार जनादेशबाट नभइ परमादेशबाट बनेको टिप्पणी गर्दै यो सरकार जन्मेदेखि नै खस्रो पात देखिन सुरु गरेको टिप्पणी गरे । 

सोमबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘यो सरकारले बनाउने कुरा भन्दा भत्काउने कुराबाट यो सरकारले यात्रा सुरु गरेको छ । संविधानमा भएको व्यवस्था अनुसार केपी ओली नेतृत्वको सरकारले बनाएको भूमिसम्बन्धी आयोग भत्काउने काम गरेको छ ।’ 

उनले अदालतले अल्पकालिन आदेश गरेपनि सरकारले जनविरोधी निर्णय गरेकाले एमालेले निन्दा गरेको छ । एमालेले आयोग विघटन गर्ने निर्णय तत्काल सच्याउन माग समेत गरेको छ । त्यस्तै सरकारलाई एमालेले अवसरवादी गठबन्धनको संज्ञा दिएको छ । 

त्यस्तै सत्तारुढ गठबन्धनको सरकारले सार्वजनिक गरेको साझा नीति तथा कार्यक्रममा कालापानी लिपुलेक समस्या समाधान गर्ने भनेर हास्यासपद निर्णय गरेको एमालेको ठहर छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप