आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

टीभीएसका सवारी साधनहरुको किस्ता अब अब खल्तीबाट भुक्तानी

सोमबार, २५ साउन २०७८, १८ : ३५
सोमबार, २५ साउन २०७८

काठमाडौं । खल्ती डिजिटल वालेटले नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा टीभीएसको सबै सवारी साधनहरुको किस्ता खल्ती बाटै तिर्न सकिने सुविधा ल्याएको छ । 

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको कम्पनीले जनाएको छ ।

खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर भए पश्चात ग्राहकहरुले जुनसुकै समयमा टीभीएसको मोटरसाइकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस्ता खल्तीबाट सिधै तिर्न सक्ने भएका छन् ।

खल्तीले ग्राहकहरुको सहजताको लागि टीभीएस सोरुममा खल्ती क्यूआर पनि सेट गरेको छ जस मार्फत ग्राहकहरुले युनियन पेसँग आवद्ध बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप