सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेभित्रको विवाद किनारा लागिसकेपछि मन्त्रिपरिषद् विस्तार हुन्छः पौडेल

सोमबार, २५ साउन २०७८, १८ : २६
सोमबार, २५ साउन २०७८

नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले एमाले भित्रको विवादको किनारा लागिसकेपछि मन्त्रीपरिषद् विस्तार हुने बताएका छन् । सोमाबार काठमाडौंमा आयोजिक एक अन्तर्क्रियामा बोल्दै नेता पौडेलले गठबन्धनमा सामेल एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पार्टीभित्र अन्तर्संघर्षमा रहेको र अन्तरसङ्घर्ष किनारा लागिसकेपछि मन्त्रीपरिषद् विस्तार हुने बताएका हुन् । 

सरकारको साझा कार्यक्रम पनि आइसकेको अवस्थामा एमाले भित्रको शक्ति संघर्षका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै उनले अबको दुई, तीनदिन भित्र सरकार बिस्तार हुने बताए । उनले भने, ‘कतिपय पक्षहरुका आन्तरिक समस्याहरु पनि हल नभएको हुँदा, आन्तरिक समस्या समाधानको पर्खाईमा सरकार अल्झेको थियो । खासगरी जनता समाजवादी पार्टीको निर्वाचन आयोग र अदालतमा चलेको बहस, त्यसको किनारा लागिसकेको छ । र गठबन्धनमा रहेको एउटा हिस्सा नेकपा एमाले भित्रको हिस्सा पनि गठबन्धनमा हुनुहुन्छ । उहाँहरु निकै चर्को अन्र्तसंर्घषमा हुनुहुन्छ । त्यो अन्र्तसंघर्षले पनि एउटा प्रारुप लिने, त्यसले एउटा किनारा लिइसकेपछि यो सरकारलाई अगाडी बढाउने कुरा अगाडी बढ्छ । एमाले भित्रको शक्ति संघर्ष र कतिपय कारणले यो सरकार ढिलाइ भएको हो । मैले बुझे अनुसार साझा कार्यक्रम पनि सार्वजनिक भइसकेको र अरु कतिपय विषय टुंगिदै गएको हुँदाखेरी २÷३ दिन भित्रमा सरकारले विस्तारको काम गर्छ ।’

यसैगरी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मन्त्री परिषद्को विस्तारमा ढिलाइ हुँदा सरकारले गर्ने काम नरोकिएको बताए । मन्त्री धेरै भएर मात्रै मुलुक बन्ने नभइ मुलुक बन्नका लागि इच्छा शक्ति र कार्ययोजना हुनुपर्ने उनको भनाइ छ । 

यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठले मन्त्रीपरिषद् बिस्तारका लागि पार्टीको अध्यक्ष तहबाट मन्त्रालयको बाँडफाँड गर्न बाँकी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप