शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली स्वादको मार्सी बियर बजारमा

सोमबार, २५ साउन २०७८, १८ : २५
सोमबार, २५ साउन २०७८

काठमाडौं । नेपालको हिमाली भेग जुम्लामा फलेको उच्चस्तरीय चामलले बनेको मार्सी बियर बजारमा उपलब्ध भएको छ । टाइगर्स ब्रुअरीको एक उत्कृष्ट उत्पादन मार्सी बियर अब नेपाली बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ । 

“मार्सी चामल”को चौतर्फी चर्चा र ग्राहकहरूको मागसँगै नै सोही मार्सी चामलले नै बनेको मार्सी बियर पनि अब – मार्सी प्रिमियम, मार्सी स्ट्रङ र मार्सी झ्याप गरी तीन प्रकारमा बजारमा उपलब्ध छ ।
 
मार्सी बियर विशुद्ध नेपाली उत्पादन हो । मार्सी बियर अन्य बियरहरू भन्दा फरक स्वादको भएको कम्पनीको दावी छ । ३३० मिलि र ६५० मिलि बोटलहरूमा उपलब्ध छ । 

मार्सी बियरलाई रोस्ट गरिएको अन्नबाट उत्पादन गरिएको कम्पनीले जनाएको छ । साधारणतया रोस्ट नगरिएको अन्नबाट उत्पादित बियर हल्का स्वादका हुन्छन् जसमा अन्न आफैको स्वाद आउँदैन । तर मार्सी बियरले “नेपाली माटोको स्वाद” अर्थात् नेपालमा नै फलेका अन्नहरूको स्वाद आफ्नो बियरमा ल्याउनका लागि विशिष्ट जर्मन प्रविधिलाई अवलम्बन गरेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप