बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

ईपीएलको ट्रफी सार्वजनिक, मंसिर २२ देखि प्रतियोगिता सुरु हुने

सोमबार, २५ साउन २०७८, १८ : १९
सोमबार, २५ साउन २०७८

तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको छ । यो प्रतियोगिता मंसिर २२ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । सहभागी ६ टिमका कप्तानहरूको उपस्थितिमा बिहीबार ट्रफी सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा पारस खड्काले विराटनगर वारियर्स, शरद भेसवाकरले भैरहवा ग्लाडीएटर्स, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले ललितपुर प्याट्रीयट्स, सोमपाल कामीले  काठमाडौं किंग्स ११, पृथु बास्कोटाले चितवन टाईगर्स र कायल कोट्जरले पोखरा राइनोजको कप्तानी गर्दैछन् । उनीहरुले  बिहीबार संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगितालाई हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर्गतको बजाजले प्रायोजन गर्दैछ । ट्रफी सार्वजनिक कार्यक्रममै हुलासचन्द एन्ड कम्पनी र ईपिएलबीच प्रायोजन सम्झौता भयो । ईपिएलका अध्यक्ष आमिर अख्तर र हंशराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

विदेशका चर्चित खेलाडीहरु सहभागी हुने भएकाले पनि ईपिएल चर्चामा छ । भर्खरै मात्र पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी डिनिश अजिजलाई फ्रेन्चाइज क्लब चितवन टाइगर्सले अनुबन्ध गरेको छ । त्यसअघि काठमाडौं किंग्स ११ ले पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई आफ्नो टिममा आबद्ध गरिसकेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप