आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

खोलाले बगाउँदा आमाछोराको मृत्यु

सोमबार, २५ साउन २०७८, १८ : १४
सोमबार, २५ साउन २०७८

 दाङको तुलसीपुरमा आज दिउँसो खोलाले बगाउँदा आमाछोराको मृत्यु भएको छ ।

 स्थानीय ग्वार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिम्लेनी निवासी ३५ बर्षीया अम्रीता घर्ती र उनका छोरा २ वर्षीय रुद्र घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनीघाट तर्ने क्रममा खोलाले बगाएर लगेको थियो ।

उनीहरुको शव बगाएको स्थान देखि २ किलो मिटर तल भेटिएको दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप