सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रधानमन्त्री देउवाले आदिवासी जनजातिलाई ढाँटे’

सोमबार, २५ साउन २०७८, १८ : ०७
सोमबार, २५ साउन २०७८

आज २७ औं विश्व आदिवासी दिवसका दिन प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिन उपस्थित हुन्छु भनेर ढाँटेको आदिवासी जनजाति अगुवाले गुनासो गरेका छन् । ‘हामी आदिवासी जनजातीहरुलाई प्रधानमन्त्री देउवाले ढाँट्नुभयो’  आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले रातोपाटीसँग भने, ‘प्रधानमन्त्रीले आज भर्चअुल बैठकमा सहभागी भएर शुभकामना दिन्छु भन्नुभएको थियो, तर १२ बजेदेखि साढे तीन बजेसम्म कुर्दा पनि उहाँ झुल्किनुभएन, हामीले धोका पायौं ।’

सन् १९९४ देखि विश्वका करिब ९० देशका आदिवासीहरूले आदिवासी दिवस मनाउँदै आएका छन् । नेपालमा पनि गिरिजाप्रसाद कोइरालाका पालादेखि हरेक वर्ष प्रधानमन्त्री आफैं उपस्थित भएर आदिवासी जनजातीहरुलाई शुभकामना दिने प्रचलन थियो । केपी ओलीका पालामा भने कोरोनाका कारण प्रधानमन्त्री भौतिक रुपमा उपस्थित हुने चलन तोडिएको थियो ।

यसवर्ष पनि भर्चुअल बैठकमै जोडिएर भए पनि शुभकामना दिनका लागि आदिवासी जनजाति महासंघको टोलीले आइतबार प्रधानमन्त्रीको सचिवालयमा पत्र बुझाएको थियो । सोमबार बिहानै महासंघका अध्यक्ष जगत बरामले प्रधानमन्त्री देउवालाई भेटेर दिउँसो १२ देखि ३ बजेभित्र भर्चुअल बैठकमा जोडिन आग्रह गरेका थिए । प्रधानमन्त्रीले म भर्चुअल बैठकमा अवश्यै सहभागी हुन्छु भन्ने आश्वासन दिएर पठाएका थिए ।

‘प्रधानमन्त्री बैठकमा आउनुहुन्छ भनेर साथीहरुले उत्साहका साथ १२ देखि साढे ३ बजेसम्म कुर्दा पनि उहाँ आउनुभएन’ उपाध्यक्ष छन्त्यालले भने, ‘प्रधानमन्त्रीले आदिवासी जनजातिलाई महत्व नदिएको भन्दै साथीहरु रिसाएका छन् । जुनसुकै सरकार आए पनि आदिवासी जनजातिलाई हेर्ने दृष्टिकोण उस्तै देखियो ।’       

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप