त्यो मरिने चिन्ता, यो बाँच्ने आशा
कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको पाँच महिनासम्म पनि दोस्रो डोज खोप नपाउँदा कम्ता तनाव थिएन नागार्जुन नगरपालिका–४, सीतापाइलाका ८० वर्षीय बाबुराम नगरकोटीलाई । तर, सोमबार दोस्रो डोज खोप लगाएपछि उनी दङ्ग परेका छन्, अनि ढुक्क भएका छन् । ‘धन्न खोप लगाउन पाइयो,’ उनले भने ।

बिहानको खाना खाएर १० बजेतिर बाबुराम र उनकी पत्नी लक्ष्मी नगरकोटी सीतापाइलाको हरिसिद्दीमा रहेको खोप केन्द्रमा खोप लगाउनका लागि पुगे । २ वर्षदेखि दमको व्यथाले च्यापेको बाबुरामले कोभिसिल्डको पहिलो डोज गत फागुन २९ मा लगाएका थिए । ८–१० हप्तासम्म पनि दोस्रो डोजका लागि पालो आउनै बाँकी छ भनेर बसेको यो दम्पती खोप कुर्दाकुर्दै अन्य कयौं ज्येष्ठ नागरिकले जस्तै पाँच महिना बिताउन बाध्य भयो ।

भारतबाट समयमै खोप आपूर्ति नहुँदा र कोरोना संक्रमणको दोस्रो लहर बढ्दै जाँदा अब खोप लगाउनै नपाई मरिन्छ कि भन्ने डर लागेको थियो बाबुरामलाई ।

‘आज मैले दोश्रो डोज खोप लगाएँ । जापानबाट आएको खोप लगाएर आएँ,’ सोमबार खोप लगाएर फर्किएपछि खुशी हुँदै उनले रातोपाटीसँग भने, ‘बिस्तारै हिँडेर खोप केन्द्रसम्म गएँ, एकछिन कुरेँ अनि लगाएर आएँ ।’

खोपको मात्रा पूरा गर्न पाएकोमा उनी दङ्ग छन् । उनी भन्छन्, ‘मलाई हर्ष लाग्यो, खुशी लाग्यो, रमाइलो लाग्यो । मलाई अब कोरोनाबाट बाँच्न सक्छु भन्ने विश्वास लागेको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारदेखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्रा लगाइदिन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई सोमबार र मंगलबार कोभिसिल्डको दोस्रो मात्राका रूपमा ‘एस्ट्राजेनेका’ खोप दिन थालेको हो ।

भुटान र जापानबाट ‘एस्ट्राजेनेका’ खोप आइसकेपछि मन्त्रालयले कोभिसिल्डका रूपमा उक्त खोप लगाउन थालेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनले कोभिसिल्ड र एस्ट्राजेनेका खोप एउटै कम्पनी र एउटै सूत्रमा बनेकाले लगाउँदा केही फरक नपर्ने बताए ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण