केन्द्रीय समिति बैठकमा ओलीले भने– हामीसँग सिंगौरी खेल्न आए सिङ्ग भाँचिनेछ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काँग्रेस नेतृत्वको सत्ता गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताए ।
उनले सरकार प्रतिपक्षसँग वार्ता र सहकार्य नगर्ने मनस्थितिमा देखिएको भन्दै भूमिहीन र सुकुम्बासी समस्या समाधान आयोग खारेजीको निर्णय एक उदाहरण भएको बताए । ‘सरकार हामीसँग वार्ता र सहकार्य नगर्ने मानसिकतामा छ । भूमिहीन र सुकुम्बासी समस्या समाधान आयोग खारेजीको निर्णय एउटा उदाहरण हो’ ओलीले भने, ‘पुराना सबै नियुक्ति खारेज गर्ने यसैको उदाहरण हो ।’
उनले आफूहरुले सशक्त प्रतिपक्षको भूमिका खेल्ने दोहोर्याउँदै सडक र सदनमा सशक्त र प्रभावकारी खेल्ने र सत्तारुढ सिंगौरी खेल्न आए सिँग भाँचिने चेतावनी दिए । आफ्नो नेतृत्वको सरकारले धरहरा, रानीपोखरी बनाउनेदेखि मेलम्चीको पानी काठमाडौंसम्मै ल्याएको भन्दै ओलीले त्यो पनि भत्काउन सरकारलाई चेतावनी दिए ।
भत्काइदेउ धरहरा, टालिदेउ मेलम्ची, भत्काइदेउ सडक पुल र विमानस्थलहरु ओली याद आउने सबै चिजहरू’, उनको भनाइ थियो । अदालतको परमादेशबाट बनेको सरकारले एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको पनि उनले टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण