सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भारतबाट ९ लाख ९३ हजार बराबरको नक्कली नेपाली नोट लिएर आएका ३ जना पक्राउ

सोमबार, २५ साउन २०७८, १७ : ३७
सोमबार, २५ साउन २०७८

१ हजार दरको ९ लाख ९३ हजार बराबरको नक्कली नोटसहित तीनजना रौतहटबाट पक्राउ परेका छन् । प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरीको गस्ती टोलीले रौतहट ईशनाथ नगरपालिका वडा नम्बर ४ मा रहेको कालिमन्दिर नजिकै पैदल र सवारी साधानबाट आवतजावत गर्ने मानिसहरुलाई रोकेर चेकजाँच गर्दा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धुनषा बटेश्वर गाउँपालिका–४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरीको वर्दीवास नगरपालिका–९ बस्ने रञ्जित महतो र महोत्तरी कै भङ्गहा नगरपालिका–४ बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चमरीयाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप