बानेश्वरबाट ६ जना जुवाडे पक्राउ
सोमबार, २५ साउन २०७८, १७ : २३
काठमाडौं महानगरपालिका–१० स्थित मध्य बानेश्वरबाट प्रहरीले जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामा नेतृत्वको टोलीले रामकृष्ण केसीको घरमा रहेको जुवा खालमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।
जुवा खेल्नेहरूको साथबाट ४ लाख ४८ हजार ५ सय नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । रामकृष्ण केसीको साढे दुई तले घरको ग्राउन्ड फ्लोरमा उनीहरुले हारजित हुनेगरी जुवा खेलेका थिए । आरोपीहरुबारे महानगरीय प्रहरी वृत बानेश्वरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण