मन्त्रिपरिषद् बैठक : आधा दर्जन सचिवको सरुवा
सोमबार, २५ साउन २०७८, १७ : १७
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको छ । पाण्डे यसअघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत थिए ।
मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ । शर्मा यसअघि वित्त आयोगमा थिए । त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका छन् ।
प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ । त्यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको एक मन्त्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण