आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग

सोमबार, २५ साउन २०७८, १६ : ५९
सोमबार, २५ साउन २०७८

सत्तारुढ पाँच विद्यार्थी संगठनले देशका सबै परीक्षा केन्द्र तथा तोकिएको स्थानहरुमा सबै विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग गरेका छन् । 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई सोमबार ज्ञापन पत्र बुझाउँदै विद्यार्थी संगठनहरुले देशभरका विद्यार्थीहरुलाई खोप नलगाइएको तथा स्वास्थ्य सुरक्षा अपनाउन नसकेका कारण कोरोना संक्रमण जोखिम रहेको उल्लेख गरेका छन् । जसका कारण विद्यार्थीहरुलाई मानसिक तनावका साथै परीक्षा हलमा असहज महसुश भएकाले खोपको व्यवस्था गर्न माग गरिएको छ । 

ज्ञापन पत्र बुझाउनेमा नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष विमल पोखरेल रहेका छन् । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप